काठमाडौं, भदौ ३१ । परीक्षा नियन्त्रण कार्यालयले एसएसली पुरक परीक्षाको परीक्षाफल बिहीबार प्रकाशित गरेको छ ।
परीक्षामा ६६.९३ प्रतिशत परीक्षार्थी उर्त्तीण भएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जनाए ।
एक लाख २४ हजार एक सय २८ जना परीक्षार्थी पुरक परीक्षामा सहभागी थिए । तीमध्ये ८३ हजार ७८ जना परीक्षार्थी उर्त्तीण भएको जनाइएको छ ।
छात्रतर्फ ५५ हजार तीन सय ८२ परीक्षार्थीले परीक्षा दिएकोमा ३८ हजार तीन सय ९९ जना उत्तीर्ण भएका छन् भने छात्रातर्फ ६८ हजार सात सय ४६ जनाले परीक्षा दिएकोमा ४४ हजार ६ सय ७९ जना उत्तीर्ण भएका छन् ।
कार्यालयले २०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि मौका परीक्षाका रुपमा गत साउन २० गतेदेखि ३० गतेसम्म एसएलसी पूरक परीक्षा सञ्चालन गरेको थियो । इमेजखबरमा समाचार छ ।