दक्षिण अमेरिकी देश चिलीमा ठूलो भूकम्प गएको छ । ८ दशमलव ३ म्याग्नेच्युडको भूकम्पका कारण राजधानी सान्टियागोमा भवनहरुमा क्षति पुगेको छ । अहिले सम्म कम्तीमा पनि ५ जनाको मृत्यु भएको छ ।
सान्टियागोदेखि करिब २ सय ४६ किलोमिटर उत्तरपश्चिमको तटीय क्षेत्रमा भूकम्प गएकाले सुनामी आउने चेतावनी हटाइएको छ । प्यासेफिक सुनामी वार्निङ सेन्टरले सूनामीको चेतावनी दिइएको थियो ।
भूकम्पको केन्द्र पृथ्वीको सतहदेखि पाँच किलोमिटरमात्र तल रहेको बताइएको छ ।
अमेरिकी अधिकारीहरुका अनुसार बुधबार स्थानीय समय अनुसार साँझ ७ः५४ मा भूकम्प गएको हो । (एजेन्सी)