वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्ककी राधा घिमिरे दरखाने दिन झस्किन्छिन । २०५९ भदौ २३ गते रातीको त्यो दृश्यले सधै अझै पनि मन भक्कानिन्छ । २३ गते दरखाने दिन । दिदि बहिनीबीच भेटघाट गरेर दर खाएर सुत्यौ अर्को दिन तीजका गित गाएर छमछमी नाचौला भनेकी थिए, उनले भनिन, मनको खुसी एकै छिनमा आखु बनिदियो ।
तीजको दिन सन्धिखर्क टुडिखेल, सेना प्रहरीको ब्यारेक देखी सन्धिखर्क बजारमा यत्रतत्र शव छरपष्ट थिए । बजारका सडकभरी रगत बगिरहेको थियो । २३ गते राती तत्कालिन माओवादीले सदरमुकाम आक्रमण गरेपछि तीनको रौनक हराएको थियो । छमछमी नाच्नको निम्ती तयार पारेका दिदिबहिनी सबैको आँखाबाट आँसु बगेको थियो त्यो घटनाले जीवनभर झस्काईरहने भयो, उमेश छापखानाकी सञ्चालक समेत रहेकी उनले भनिन, जब तीजको दिन आउछ आखाभरी मारेका दाजुभाई र सड्कमा बगिरहेको रगत झलझल आउन्छ । त्यो घटनाले धेरैवर्ष तीज माएनन् । राती दस बजे देखी भएको भिडन्त बिहान चार बजेसम्म निरन्तर चलेको थियो । भिडन्तमा ४० जना प्रहरी, ११ जना सैनिक, ८ जना शसस्त्र प्रहरी ३ जना सर्वसाधारण र ६४ जना माओवादीको घटनास्थलमै मृत्यु भएको थियो । सबै गरेर १ सय ५० भन्दा बढी घाईते भएका थिए ।
उतीबेला सन्धिखर्क ।
दर खाएर सुतिरहेको बेला रातभर सदरमुकाममा बन्दुक र बम पड्किरहेका थिए, सरकारी कार्यालयमा आगो दन्मिरहेको थियो । सन्धिखर्ककी ईश्वरा पोखरेलले भनिन, अर्को दिन हेर्दा लासहरु छरिएका थिए, घाईते बचाउ भन्दै छटपटाईरहेको थिए त्यो सम्झादा मन रुन्छ मलाई सधै त्यो दृश्य तीजको बेला घुमिरहन्छ । धेरै चेलीहरुको सिन्दुर पुछिएको त्यो दिनले सधै नरमाईलो बनाउने उनले बताईन् । शारदा अघिकारीले दर कपाएर खान थालमा राख्दै थिईन् । बसेको घरको छतमा माओवादी सेनाले सुरक्षाकर्मी माथि गोली बर्साईरहेका थिए, बाहिर निस्के तिमीहरु प्नि मर्छौ भनेर कोठामा थुनिदिए । छाराछोरी छतमै रहेको भान्सा कोठाबाट मम्मी पानी पानी भनिरहेका थिए पानी सम्म दिन नसकेको उनले सम्झिन् । त्यो घटनाले चार वर्ष तीज पर्व नमनाएको उनले बताईन । त्यो सम्झदा त सधै झसंग हुने बताईन् । सदरमुकाममा लासहरु छरपष्ट थिए ।
उतीबेला चुत्राबेशी ।
माओवादीले सदरमुकाम कब्जामा लिएपछि तत्कालिन निमित्त प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडा, जिल्ला शिक्षा अधिकारी हिराधर ढकाल, प्रहरी निरीक्षकद्धय रामेश्वर कार्की र डब्मर तामाङ लगायत ५१ सुरक्षाकर्मीलाई अपहरण गरि लगेका थिए । सदरमुकाम कब्जापछि माओवादीले गरगहाना, पैसा, हतियार, गोली गठ्ठा लिएर पश्चिमतर्फ गाएका माओवादी र सुरक्षाफौजबीच हवाईफायर भएको थियो । त्यसबाट वागी, हंसपुर, गोखुंगा, अर्घा, खन, खनदह लगायतका सिंगो जिल्लाभर हवाईफायर भएपछि दिनभर जिल्लाबासी घरबाहिर निकस्न सकेनन् । प्युठान, अर्घाखाँची, गुल्मी लगायतका स्थानमा हेलिकप्टरबाट सेना अवतरण भएपछि दोहोरो भिडन्त भएको थियो ।
त्यसदिन सेना र माओवादीको गोलीबाट कसरी ज्यान जोगाउने भन्ने मनमा चिन्ता बाहेक केही थिएन, गोखुगा सुर्यउमाविका तत्कालिन शिक्षक कमलप्रसाद घिमिरेले भने । कस्तो कहालिलाग्दो त्यो दिन, खुखीयाली गर्ने बेला चेलबेटीलाई रुवाएको दिनले सधै झल्को आईरहने सन्धिखर्ककी लक्ष्मी श्रेष्ठले बताईन् । अब त्यो दिन कहिल्यै नआओस उनले भनिन् । तीजमा माईत आएका दिदि बहिनी घरमा के भयो होला भनेर रोहिरेको उनले बताईन ।