सरकारले २६ वटा नयाँ नगरपालिका र एउटा उपमहानगरपालिका थपेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो। कैलालीका फुलबारी र उर्मा गाविसलाई मिलाएर धनगढीलाई उपमहानगरपालिका बनाइएको हो। यसअघि धनगढी नगरपालिका मात्रै थियो।
शुक्रबारको मन्त्रिपरिषद निर्णयसँगै अब मुलुकमा नगरपालिकाहरुको संख्या २१७ पुगेको छ। सेतोपाटीमा समाचार छ ।