जनयुद्ध सुरु भएको पाँच वर्ष पुग्दा तत्कालीन माओवादीले नयाँ कार्यनीति तय गरेको थियो, संविधानसभाबाट संविधान । गोलमेच सम्मेलन, गणतन्त्र माओवादीका थप कार्यनीति थिए । तत्कालीन माओवादीले ०५७ मा तय गरेको कार्यनीति १५ वर्षपछि ३ असोजमा गणतन्त्र र संविधानसभाबाट संविधान जारी गर्ने विषय संस्थागत हुँदै छ अन्तिम मा संविधानसभाबाट नेपालको संविधान पारित भएको छ ।
दोस्रो संविधानसभाबाट नै सही झन्डै सात दशकको अनवरत राजनीतिक संघर्षका केही महत्त्वपूर्ण उपलब्धिओ संस्थागत भएका छन् । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान स्थापित भएको छ । यी आधारभूत कुराको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न सकिनेछैन । नेपाली जनताले कहिले सशस्त्र त कहिले निशस्त्र संघर्षमार्फत गरेको त्याग र बलिदानलाई मूलभूत रूपमा यो संविधानले स्थापित गरेको छ ।
नेपाल राष्ट्र र जनताको आत्मनिर्णयको अधिकारलाई फेरि एकपटक सुनिश्चित गरेको छ । आंशिक उपलब्धि संविधानसभाबाट नयाँ संविधान पारित हुनु नेपाली जनताको सम्बोधन र स्वाभिमानको विजय हो । हजारौँ सहिद, बेपत्ता योद्धा र सबै स्वाभिमानी जनताको पनि विजय हो । नेपाली जनताले निर्वाचित गरेर पठाएका जनप्रतिनिधिको अत्यधिक बहुमतले पारित संविधानले नेपाली जनताको स्वतन्त्रता र समृद्धिको आकांक्षा पूरा गर्ने सबैले अपेक्षा गरेका छन् । २००७ सालमा तिर उठान भएको अधुरो राजनीतिक मिसन कमरेड प्रचंड बाट पूरा भएको छ । योसँगै झन्डै एक दशक लामो पीडादायी संक्रमणकालको पनि अन्त्यतिर आइपुगेको छ ।
नेपाल आमाका हजारौँ श्रेष्ठतम छोराछोरीले प्राणको आहूति दिएर प्राप्त भएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्त नै धरापमा पर्ने खतरा पैदा भएको थियो तर मूलभूत र आधारभूत विषय समेटेर संविधान जारी भएपछि आन्तरिक तथा बाह्य चलखेल बन्द हुने छ ! र राजनीतिक पार्टी एवम् जनताको पहलकदमी बढ्ने निश्चित छ! भारत मा रहेका लाखों नेपाली हरु खुशी छन! यो जितको निम्ति प्रवासी नेपाली हरु ठुलो बलिदानी छ ! प्रवासी नेपाली का साझा मुद्दा हरु लाई सम्बोधन होलान या नहोलान तर त्यो चिन्ता को बिषय होला तर प्रवाशी नेपाली जनताको चाहना थियो आज हिन्दू राष्ट्रको नारा उचाल्ने व्यक्तिहरूलाई नेपाली जनताले लामो आन्दोलन र सङ्घर्षबाट पाखा लगाएका हुन्। अबको गणतान्त्रिक मुलुकमा कसैले धर्मको आधारमा राजनीति गर्न मिल्दैन। अन्तिम तिर आज गणतन्त्रको जन्म आफैमा अकल्पनीय घेराहरुमाथि प्रचण्ड रणनीतिको विजय थियो । यसका निम्ति प्रचण्ड बाबुरामले जति पापड पेले सायदै विश्वकै महानायकहरुले पेले होलान् यो जित प्रवासी नेपाली संगठन र आम जनसमुदाय को जित हो सबै को जित हो ! सलाम छ कमरेड प्रचंड !!
लेखक: आर बि खड्का अखिल भारत नेपाली एकता मंच भारत केन्द्रीय सदस्य