संविधानसभाबाट संविधान बनाउने नेपाली जनताको चाहना ७० वर्षपछि पुरा (दश विशेषता सहित)

काठमाडौं- संविधानसभाबाट संविधान बनाउने नेपाली जनताको चाहना ७० वर्षपछि पुरा भएको छ। संविधानसभाबाट पारित भएपछि मुलुकले पहिलोपटक आफ्ना प्रतिनिधिमार्फत आफैंले संविधान बनाउने चाहना सफल भएको हो।
संविधानलाई आइतबार राष्ट्रपति डा. रामबरण यादवले औपचारिक घोषणापछि संविधान लागू हुँदैछ। यसअघि पनि मुलुकले पाँचवटा संविधान पायो। नेपालको इतिहासमा संविधानसभाबाट जारी भएको यो पहिलो संविधान हो।
संविधानसभाले पहिलो पटक जारी गरेको ३८ भाग ३०८ धारा भएको संविधान नेपालको संविधान- २०४७ भन्दा निम्न दश विशेषताले फरक छ ।
१. संघीय लोकतान्त्रिक गणतन्त्र
लामोसमयसम्म एकात्मक केन्द्रिकृत राज्य संचाल हुँदै आएको मुलुक नयाँ संविधान जारी भएसँगै संघीयतामा गएको छ। सात प्रदेशसहितको संघीय संरचनामा विभाजन गरिएको मुलुक संविधान जारी भएपछि गणतन्त्रसमेत संस्थागत भएको छ । ०४७ सालको संविधानले नेपाललाई संवैधानिक राजतन्त्र भएको मुलुक बनाएको थियो।
२. सार्वभौम र राजकीय सत्ता जनतामा
यो व्यवस्था अन्तरिम संविधानमा उल्लेख भएपनि जनताद्वारा निर्मित संधिवानमा सार्वभौम र राजकीय सत्ता जनतामा निहित भएको पहिलो पटक हो। ०४७ सालको संविधानमासार्वभौम राजकीय सत्ता राजामा निहित हुने व्यवस्था थियो।
३. आमा र बाबु दुवैको नाउँबाट नागरिकता
आमा र बाबु दुवैका नाउँबाट वंशजका आधारमा नागरिकता लिन सक्ने व्यवस्थालाई पनि पहिलोपटक संविधानले सम्बोधन गरेको छ। ०४७ सालको संविधानमा बाबुको नामबाट मात्र नागरिकता लिन पाउने प्रावधान थियो ।
४. लैंगिक समानता
नयाँ संविधानले राष्ट्रपति र उपराष्ट्रपति, सभामुख र उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष, प्रदेश सभाका सभामुख र उपासभामुख दुई