नयाँ संबिधानको अर्घाखाँचीमा भब्य स्वागतको तयारी ! जिल्लावासी सबैलाई दीपावली गर्न र ४ गते विहान ११ वजे कार्यक्रममा सहभागी हुन दलहरुको अनुरोध (फोटो फिचर)

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँची डट्कम) । नेपालको संविधानजारी हुने दिन आज अर्घाखाँची जिल्लामा भव्य स्वागतको तयारी गरिएको छ। नेपाली जनताले आफ्नो संबिधान आफै लेख्ने अवसर प्राप्त गरेको दिनलाई खुसीयालीका साथ स्वागत गर्ने भन्दै अर्घाखाँचीका नागरिक संगठनले स्वागत र्याली र दिप प्रज्ज्वलन गर्ने भएका छन्।

 



 

अर्घाखाँचीका मुख्य राजनीतिक दलले संबिधानको स्वागतमा संयुक्त रुपमा उत्सब मनाउने तयारी गरेका छन् ।  दलहरुको आज बिहान बसेको सर्बदलिय बैठक नेपालकाे सविधान २०७२ काे घाेषणाकाे शुभ-अवसरमा अाज घर- घरमा साँझ दीपावली र भोली ४ गते विहान ११ वजे संयुक्त सभा गर्ने निर्णय गर्दै जिल्लावासी सबैलाई दीपावली गर्न र कार्यक्रममा सहभागी हुनकाे लागि अनुरोध समेत गरेका छन् । 

 



 

नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, एकीकृत नेकपा माओवादी, नेकपा माले,  राप्रपा, जनमुक्ती पार्टी लगायतका दलले -यालीसहित सभा गर्ने तयारी गरेको एमालेका नेता प्रेम नारायण गैरेले अर्घाखाँची डट्कमलाई जानकारी दिए। 



सर्वदलिय बैठकमा कांग्रेसका लोकेन्द्र बिक, बिष्णु मुस्कान, कृष्ण खनाल, एमालेका जिब नारायण कोईराला, प्रेम नारायण गैरे, राजमोका सागर के.सी, एकीकृत माओबादीका चन्द्र बहादुर खड्का, ठाकुर बिक, मालेका केदार बेल्बासे, रा.प्र.पा का नारायण खडका, जनमुक्ती पार्टीका टोप बहादुर बलाल लगायतको उपस्थित थियो । 

 



 

यता अर्घाखाँची उद्योग वाणिज्य संघको आयोजनामा आज साँझ ठिक ७ बजे सबैको घर-घरमा दिपावली गर्ने र ४ गते सदरमुकाम सन्धिखर्कमा बिहान ठिक ११ बजेदेखी अर्घाखाँचीका सँस्कृती झल्काउने झाँकी सहित -याली गरिने भएको छ ।

 



 

संविधानसभाबाट संविधान पारित भएसँगै अर्घाखाँचीबासीहरुमा  खुशीयाली छाएको छ ।

  


 

संविधानसभाबाटै संविधान जारी हुने दिन गन्ती गरेर बसेका अर्घाखाँचीवासीहरुले संविधानको स्वागत गर्न सामुहिक रुपमा यस्तो कार्यक्रम गरि उत्साह मनाउने भएका हुन् ।

 

संविधानको स्वागत कार्यक्रममा सम्पूर्ण जिल्लाबासीहरुलाई सहभागी हुन अर्घाखाँची उद्योग वाणिज्य संघले आमन्त्रण गरेको छ ।  

 



 

नयाँ संबिधान जारी गर्ने दिन भएकाले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा माओबादीले आह्वान गरेको नेपाल बन्दको प्रभाव अर्घाखाँचीमा आंशिक मात्रै परेको छ । सन्धिखर्क, चुत्राबेशी बाहेक छेउ- छाउका पसलहरु खुलेका छन् ।

 


 

नयाँ संविधानको स्वागत गर्ने भन्दै सर्वसाधरणले निजी सवारी साधन र बजार खुल्ला गरेपछि बन्दको प्रभाव आंशिक रुपमा मात्रै परेको हो।

   













 

तस्बिरहरु सुर्य भुसाल, दिलिप खनाल, कृष्ण परियारबाट लिएको हो ।

 

यो पनि हेर्नुस्:

अन्य समाचारहरु