नयाँ संविधानको अर्घाखाँचीमा भव्य स्वागत ! अर्घाखाँचीबासीले सभासद तथा श्रद्वेय नेतागणप्रति फोन र एस. एम. एस मार्फत बधाई तथा शुभकामना व्यक्त गरे

गोपाल प्रसाद भट्टराई 



सन्धिखर्क,अर्घाखाँची । लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भएको राष्ट्रपति डा.रामवरण यादवको घोषणापछि ६ दशकदेखिको आफ्ना प्रतिनिधि मार्फत संविधान लेख्ने सपना र संघर्षले मुर्त रुप पाएको भन्दै अर्घाखाँचीका बासिन्दाहरुले घर तथा चोक-चोकमा दिपावली गरी भब्यरुपमा संबिधानको स्वागत गरेका छन् ।

 



 

जिल्लास्थित राजनितिक दल, उनिहरुका भातृसंगठन, उद्योगी, ब्यावसायी,सरकारी कार्यालय, एवम् सम्पूर्ण जिल्लाबासीहरुले मैनबत्ति,दिप प्रज्वलनका साथै सडकका चोक-चोकमा नेपालको नक्सा , राष्ट्रिय झण्डा बनाई नेपालको संबिधान २०७२ लेखेर दिपावली गरी नयाँ संबिधानलाई स्वागत गरेका हुन् । संबिधान जारी भएको खुसियालीमा सन्धिखर्कबासी युवाहरुले सन्धिखर्क र चुत्राबेसीमा मोटरसाइकल -याली निकालेका छन् । नयाँ संबिधान जारी भयपछि ऐतिहाँसिक जित भएको भन्दै एक आपसमा शुभकामना र बधाई साटासाट समेत गरेका छन् ।

 


 

संबिधान घोषणा भएको खुसियालीमा आजको दिनलाई उत्सबको रुपमा मनाउने भन्दै अर्घाखाँची उद्योग वाणिज्य संघको पहलमा सन्धिखर्कको टुडिखेलमा भैरव नाँच प्रर्दशन गरिएको छ । नेवारी संस्कृतीमा निश्चित समयमा मात्र नचाइने भैरव नाँच हेर्न रातको प्रभाह नगरी जिल्लाबासीहरुको ओइरो लागेको थियो ।

 



 

लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान २०७२ जारी गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने अर्घाखाँचीका सभासद तथा श्रद्वेय नेतागणप्रति जिल्लाबासीहरुले फोन र एस. एम. एस मार्फत बधाई तथा शुभकामना व्यक्त गरेका छन् । 

 



 

नयाँ संविधान २०७२ लाई स्वागत र खुसियाली मनाउन अर्घाखाँचीमा अर्घाखाँची उद्योग वाणिज्य संघ र जिल्लाका संविधान पक्षधर सम्पूर्ण राजनितिक दलहरुको संयुक्त आयोजनामा असोज ४ गते जिल्ला सदरमुकाम सन्धिखर्कमा बिहान ११ बजे देखी जिल्लाको संस्कृती झल्कने झाँकी सहित -याली सहित सभा गर्ने भएका छन् । 

 



नेपालको संविधान- २०७२ जारीको भएको खुशियालीमा अर्घाखाँचीको सन्धिखर्कमा आयोजित भैरम नाँचमा उपस्थित भीड़ । तस्बिर: बिष्णु रिजालबाट

 


अन्य समाचारहरु