सन्धिखर्कमा अन्तराष्ट्रिय शान्ती दिबसको अबसर तथा संबिधान निर्माणको खुसीयालीमा प्रभात फेरी तथा प्रबचन कार्यक्रम

प्रेम आचार्य 



सन्धिखर्क, अर्घाखाँची । आज  बिहान स्थानिय शान्ती समितले अन्तराष्ट्रिय शान्ती दिबसको अबसर तथा संबिधान निर्माणको खुसीयालीमा  प्रभात फेरी तथा प्रबचन कार्यक्रमको आयोजना गर्यो । 

 



 

प्रबचन कार्यक्रममा बोल्ने बक्ताहरु नेपाली जनताको बिजय भएको बताउदै अब सबै मिलेर देसमा दिगो शान्ती स्थापना गर्न र बिकास निर्माणमा जुट्ने समय आएको बताए । 

 



 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल , नेपाली काग्रेसका जिल्ला सचिब लोकेन्द्र बिक, एमालेका जिल्ला उपाध्यक्ष जीबनारायण कोइराला, एमाओबादीका जिल्ला अध्यक्ष चन्द्रबहादुर खड्का, राजमोका गोपाल पौडे, अन्तरपाटी महिला सञ्जालकी शान्ता भण्डारी लगायतले मन्तब्य राखेका थिए । 

 



 

कार्यक्रम स्थानीय शान्ती समितिका संयोजक ठाकुर कुमार बिकको अध्यक्षता र पुर्ब संयोजक बिष्णु प्रसाद खनाल मुस्कानको सञ्चालनमा सम्पन्न भएको हो । 



अहिले दिउसो उद्योग बाणिज्य संघ र राजनितिक दलको आयोजनामा बृहत र्याली तथा झाकी प्रदर्शन र सभा हुदैछ । 

 

अन्य समाचारहरु