खुसीयाली साटासाट गर्दै अर्घाखाँचीबासीहरु

प्रेम आचार्य 



सन्धिखर्क, अर्घाखाँची  ।  नेपाली जनताको लोकतान्त्रीक संबिधान  घोषणा भएको अबसरमा अर्घाखाँचीका स्थानीयहरुले  खुसीयाली साटासाट गरिरहेका छन ।  

 



 

नेपाली जनताका प्रतिनिधिले बनाएको  नेपालको संबिधान २०७२ घोषणा भए संगै बिभिन्न कार्यक्रमहरु भैरहेका छन ।  स्थानीय बासिन्दाहरु स्वतस्फुर्त रुपमा चोकचोकमा जम्मा भई नेपालको नक्सा बनाएर त्यसमा दीप प्रज्वलन तथा घरघरमा दीप प्रज्वलन गरेका छन ।  

 


 

सन्धिखर्कको शान्ती बगैचा, हललाईन, बिपि चोक, चुत्राबेसीको पुरानो बसपार्क, लगायतका स्थानमा स्थानीयले सडकमा नेपालको नकसा बनाई मैनबत्ती सजाएर प्रज्वलीत गरे । 

 



 

कुनै दल , कुनै संघ सस्थाको आग्रह बिना यहाका बासिन्दाहरु स्तस्फुर्त रुपमा खुसीयाली साटासाट तथा नाचगान र गित गाएर रमाइलो गरे ।  

 


 

संबिधानको खुसीयालीमा सन्धिखर्क नगरपालीका १५ का नेवार समुदायले गए राती  टुडीखेलमा भैराम नाच देखाए । भैराम नाचमा झण्डै पाँच हजारको उपस्थिति रहेको थियो । 

 







अन्य समाचारहरु