ठाडामा बाजागाजा सहितको र्याली तथा बृहत् दिपावली
गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची । ६ दशक लामो संघर्षबाट जारी भएको नयाँ संविधान ९० प्रतिशत भन्दा बढि नेपाली जनताको हितमा आएकोले यसलाई सबैले कार्यान्वयन गरेमा नेपाल समृद्धीको बाटोतर्फ उन्मुख हुने अर्घाखाँचीका दलहरुले बताएका छन् ।
नेपालको संविधान २०७२ जारी भएको खुशियालीमा अर्घाखाँचीको सन्धिखर्कमा असोज ४ गते आयोजित -याली पछिको संयक्त सभालाई सम्बोधन गर्दै दलहरुले नेपालीहरुले आफ्ना प्रतिनिधि मार्फत संविधान ल्याउन सफल भएकाले यो संविधान सम्झौताको दस्ताबेज भएको र सबैका माग समेट्न नसकेको भएपनि यसलाई थपघट गर्दै जान सकिने भएकाले वार्ता र सम्बादको माध्यमबाट सहमतिबाट समाधान हुने हुनाले लामो संघर्ष र वलिदानबाट ल्याएको संबिधानलाई सबैले स्वागत गर्नुपर्ने बताएका छन् ।
अर्घाखाँची उद्योग वाणिज्य संघ र संबिधान पक्षधर जिल्लामा क्रियाशिल राजनितिक दलहरुको संयुक्त आयोजनामा नेपालको संविधान २०७२ लाई स्वागत गर्न आज सन्धिखर्क बजारमा जिल्लाको संस्कृती झल्काउने झाँकी, भेष-भूषा सहित -याली तथा सभा सम्पन्न गरेका छन् ।
लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधानलाई स्वागत गर्न जिल्ला स्थित राजनितिक दल, उनिहरुका भातृ संगठन, संघ-संस्था उद्योगी व्याबसायी संचारकर्मी तथा जिल्लाबासीहरुको उपस्थितिमा सन्धिखर्क शान्ति बँगैचा बाट विहान ११ बजेबाट सुरु भएको -यालीमा म्यालपोखरी ब्यारेकको तर्फबाट सैनिकबाजा, भैरव नाँच, पन्चेबाजा,राष्ट्रिय गितसँगै नाँच्दै खुशियाली मनाउँदै सन्धिखर्क बजार, चुत्राबेसी बजार परिक्रमा गर्दै -याली पूःन शान्ति बँगैचामा आएर सभामा परिणत भएको थियो ।
कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सचिव लोकेन्द्र वि.क., एमालेका कार्यवाहक जिल्ला अध्यक्ष जिवनारायण कोईराला, एमाओवादीका जिल्ला अध्यक्ष चन्द्र बहादुर खड्का उज्जवल, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर के.सी., नेकपा मालेका जिल्ला सचिव केदार बेलवासे, राष्ट्रिय जनमुक्ति पाटीका नेता टोप बहादुर बलाल, नेपाल परिवार दलका डिल्लीराज भुसाल लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।
कार्यक्रममा सम्पुर्ण कर्मचारीहरुको तर्फबाट जिल्ला अस्पताल संचालक समितिका अध्यक्ष राम बहादुर चौहान, सम्पुर्ण महिला संगठनको तर्फबाट नेपाल महिला संघकी नेतृ शान्ता भण्डारी, नेपाल बार एशोसियशनका जिल्ला अध्यक्ष के.वि भुसाल, नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष शोभाखर पन्थी लगायतले मन्तव्य राख्दै संविधान जारी भएसँगै उठेका असन्तुष्ट आवाजहरुलाई शिर्षनेतृत्वले सम्वादको माध्यमबाट समाधान गर्न आग्रह गर्नु भएको थियो ।
अर्घाखाँची उद्योग बाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष अशोक कुमार श्रेष्ठको स्वागत र महासचिव नेत्र प्रसाद भुसालको संचालनमा सम्पन्न भएको कार्यक्रममा विभिन्न राष्ट्रियता झल्कने नृत्य, संन्धिखर्क नगरपालिका डिर्भनको भैरव नाँच, तथा गित संगितको समेत प्रस्तुत गरिएको थियो ।
यसैबिच स्थानिय शान्ती समिति अर्घाखाँचीले अन्तराष्ट्रिय शान्ती दिवसको अवसर पारी आजै सन्धिखर्कमा प्रभात फेरि तथा प्रवचन कार्यक्रम संपन्न गरेको छ । कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुले समृद्ध राष्ट्र निर्माणको लागी शान्ती पहिलो शर्त भएको बताए । उनीहरुले नयाँ सविधानको घोषणा संगै मुलुकमा शान्ती र अग्रगमनको ढोका खुलेको बताएका छन् । वक्ताहरुले नेपाली जनताले आफ्नो संविधान आफै बनाएर विश्वका सामु आफ्नो शिर ठाडो पार्न सफल भएको बताए ।
यसरी मन्तव्य राख्ने हरुमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल ,नेपाली काग्रेसका जिल्ला सचिव लोकेन्द्र वि.क., एमालेका कार्यवाहक जिल्ला अध्यक्ष जिवनारायण कोईराला, एमाओवादीका जिल्ला अध्यक्ष चन्द्र बहादुर खड्का उज्जवल , राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेल, नेकपा मालेका जिल्ला सचिव केदार बेलवासे , राष्ट्रिय जनमुक्ति पाटीका सह-सचिव ईन्द्र बहादुर गेलेङ्ग , नेपाल परिवार दलका अध्यक्ष डिल्लीराज भुसाल लगायत रहनु भएको थियो ।
स्थनानिय शान्ती समितिका जिल्ला संयोजक ठाकुर कुमार विकको अध्यक्षता र पुर्व संयोजक विष्णु प्रसाद खनाल मुस्कानको संचालनमा संपन्न भएको कार्यक्रममा स्थानिय शान्ती समितीका सचिवालय सदस्य भविश्वर पाण्डे , नेपाल बार एशोसियशनका जिल्ला अध्यक्ष के.वि भुसाल, नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष शोभाखर पन्थी लगायतले मन्तव्य राख्नु भएको थियो ।
ठाडामा बाजागाजा सहितको र्याली तथा बृहत् दिपावली
संविधान सभाबाट नेपालको नयाँ संविधान २०७२ जारी भएको खुशीयालीमा कमलपोखरी युवा क्लब ठाडा -२ अर्घाखाँचीद्वारा आयोजना गरिएको बाजागाजा सहितको र्याली तथा बृहत् दिपावली कार्यक्रम सम्पन्न भएको छ ।
बाजागाजा सहितको र्याली ठाडा दह बाट सुरु भइ अमराई बजार परिक्रमा गरि पुनः दह बजारमा आइ साँझ दिपावली गरि सम्पन्न भएको छ ।
कार्यक्रममा ठाडा गाबिस र छिमेकी गाबिसका सयौं मानिसहरुको सहभागिता रहेको थियोे ।