अमेरिका र भारत आतंकवादविरुद्ध आपसी सहयोगमा अझै तीब्रता दिन सहमति

अमेरिका र भारतले आतंकवादविरुद्ध आपसी सहयोगमा अझै तीब्रता दिन सहमति जनाएका छन् ।
दुवै देशले लस्करे तोइबा, जैश ए मोहम्मद, डी कम्पनी, अलकायदा र हक्कानी नेटवर्क पूरै क्षेत्रका लागि ठूलो खतरा बनेको बताएका छन् ।
अमेरिकाको वाशिंगटनमा अमेरिकी विदेश मन्त्री जोन केरी र भारतीय विदेश मन्त्री सुस्मा स्वराजलगायतका प्रतिनिधिबीच भएको छलफलमा मुम्बई आक्रमणका दोषीलाई कारवाही गर्न पाकिस्तानसँग माग पनि गरेका छन् ।
दुबै देशले इस्लामिक स्टेटलाई विश्व शान्तिका लागि खतरा मान्दै उसलाई पराजीत गर्न मिलेर काम गर्ने जनाएका छन् ।
 अफगानिस्तानमा शान्ति कायम गर्न सहयोग जारी राख्ने प्रतिवद्धता पनि दुबै देशले व्यक्त गरेका छन् । (एजेन्सी)