चिनियाँ राष्ट्रपति सि जिनपिङ पहिलो औपचारिक भ्रमणका क्रममा अमेरिकामा

चिनियाँ राष्ट्रपति सि जिनपिङ पहिलो औपचारिक भ्रमणमा अमेरिका पुगेका छन् । भ्रमणका क्रममा साइबर सुरक्षाका बारेमा अमेरिकी राष्ट्रपति बाराक ओबामा र चिनिया राष्ट्रपति सिबीच छलफल हुने बताइएको छ ।
अमेरिका र चीनबीच साइबर सुरक्षाका विषयमा सम्बन्ध चिसिएको छ । चीनले अमेरिकी कम्पनीहरुमा भैरहेको साइबर आक्रमणप्रति आफ्नो हात नभएको जनाउँदै आएको छ भने अमेरिकाले चीनले नै साइबर आक्रमण गर्ने गरेको आरोप लगाउँदै आएको छ ।
चीन सरकारले साइबर जासूसी गैरकानूनी भएकाले यस्तो गैरकानूनी गतिविधि गर्ने समूह वा व्यक्तिसँग चीनले कुनै सम्बन्ध नराख्ने पनि जनाएको छ । 
चीनले साइबर आक्रमण रोक्न अमेरिकासँग साथ र सहयोग बढाउन तयार रहेको बताएको छ । एजेन्सी