अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले ओसामा विन लादेनको सुरक्षागार्ड भएर काम गरेका साउदी नागरिक अब्दुल शलाबीलाई ग्वान्तानामो वे बन्दीगृहबाट रिहा गरेको जनाएको छ ।
३९ वर्षिय शलाबीलाई साउदी अरब स्थानान्तरण गरिएको छ । सन् २००१ मा पाकिस्तानी सेनाले पक्राउ गरेपछि शलाबीलाई क्युबामा रहेको अमेरिकी वेश ग्वान्तावानामो वे बन्दीगृहमा पठाइएको थियो ।
त्यहां उनले आफ्नो पक्राउ विरुद्ध लगभग १० वर्षसम्म भोकहड्ताल गरेका थिए । ग्वान्तानामो वेमा रहेका बन्दीबारे पूनर्विचार गर्ने एक समितिको सिफारिसले शलाबीलाई कारागारमा राख्न आवश्यक नभएको जनाएको थियो ।
शलाबीमाथि कुनै पनि मुद्धा चलाइएको थिएन । पेन्टागनले ग्वान्तानामो वेको बन्दीगृहमा अझै १ सय १४ बन्दी रहेको जनाएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामा सन् २०१७ मा आफ्नो कार्यकालको समाप्ति भन्दा अघि ग्वान्तानामो बन्दीगृह बन्द गराउन खोजिरहेका छन । (एजेन्सी)