घनश्याम पौडेल
सन्धिखर्क, अर्घाखाँची । मातृ शिशु तथा बाल्यकालिन पोषण सुधारको लागि सामाजिक व्यवहार परिवर्तन संचार सम्वन्धी २ दिने पुर्व तयारी कार्यक्रम अर्घाखाँचीको सन्धिखर्कमा सुरु भएको छ । कार्यक्रममा स्थानिय विकास अधिकारी हरी प्रसाद ज्ञवालीले समग्र जिल्लाको विकासको आधार सुआहारा कार्यक्रम भएकोले जिल्लाले राखेको अपेक्षा पुरा हुने भएकोले सुआहारा कार्यक्रमलाई राम्ररी सम्पन्न गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालयका डा. जगन्नाथ तिवारीको अध्यक्षता, स्थानिय विकास अधिकारी हरी प्रसाद ज्ञवालीको प्रमुख अतिथ्यता, जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत लिलाराम गौतम, जिल्ला विकास समितीका कार्यक्रम अधिकृत हरिशचन्द्र भुसाल, जिल्ला स्वास्थ्य कार्यालयका कार्यक्रम निरिक्षक हरि प्रसाद पन्थी, जिल्ला सुआहारा कार्यक्रमका संयोजक दिवश ढकाल, सुआहारा कार्यक्रम अन्र्तगत लुम्विनी सामाजिक विकास केन्द्रका फोकल प्रशन कृष्ण प्रसाद पौडेल,पत्रकार घनश्याम पौडेल लगाएतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत लिलाराम गौतमले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सरसफाई अधिकृत श्रृजना पन्थीले गर्नुभएको थियो ।