गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा नुवाकोट अध्यक्ष चेतनारायण गैरे, सदस्यहरु बिष्णु गैरे, पिताम्बर गैरे र तिलक गैरेकी आमा तथा राष्ट्रिय जनमोर्चाकी क्रियाशिल सदस्य खिमकला गैरेको ८६ बर्षको उमेरमा आज निधन भएको छ । उहाँको निधनप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय जनमोर्चाले शोकसभा सम्पन्न गरेको छ ।
सभामा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेलले वहाँको पार्थिव शरीरमाथि झण्डा ओढाएर अन्तिम श्रदान्जली दिनुभएको छ । श्रदान्जली पछि शोक मन्तब्य राख्दै सचिव पौडेलले पर्टीले एक अभिभावक गुमाएको भन्दै उहाँले गरेका राम्रा कार्यको सबैले अनुसरण गर्नुपर्ने बताउनु भएको थियो ।
शोकसभामा ने.क.पा. मसालका जिल्ला प्रवक्ता थम्मन के.सी., ने.क.पा.एमालेका जिल्ला उप-सचिव प्रेम नारायण गैरे, अखिल नेपाल शिक्षक संघका केन्द्रिय सदस्य टेकबहादुर थापा, अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष कविराम खनाल, अखिल नेपाल राष्ट्रिय यातायात मजदुर युनियनका केन्द्रिय कोषाध्यक्ष गोबिन्द बि.सी, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुकका)जिल्ला अध्यक्ष सिद्धी भट्टराई, प्रगतिशिल पत्रकार संघ नेपालका जिल्ला सदस्य श्याम प्रसाद घिमिरे, अखिल (छैठौँ)का जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई लगायतको उपस्थिती रहेको थियो ।