अर्घाखाँचीको हंसपुरमा विद्युत प्राधिकरणको जीप दुर्घटना हुँदा एकजनाको मृत्‍यु

प्रेम आचार्य
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको हंसपुर गाविसमा गएराति विद्युत प्राधिकरण गुल्मीको जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।
 
गुल्मीबाट सन्धिखर्क आउदै गरेको विद्युत प्राधिकरण गुल्मीको बा१ञ १३५१ नम्बरको जीप हंसपुर-४ को लौरीमा दुर्घटना हुँदा विद्युत प्राधिकरण गुल्मीका ओभरसियर जीवकान्त पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाले बताए ।
 दुर्घटनामा गम्भीर घाइते ओभरसियर पाण्डेको सन्धिखर्क अस्पतालमा उपचार हुन नसकेपछि बुटबल लैजाँदै गर्दा बाटोमै  ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।
जीप चालक विद्युत प्राधिकरण गुल्मीका प्रमुख सुरेन्द्र चौधरी सामान्य घाइते भएका छन् । उनलाई जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले बताएको छ । 

अन्य समाचारहरु