सिरियामा अमेरिकाले तालिम दिएका विद्रोहीले सैन्य हतियार अल कायदा आबद्ध नुस्रालाई बुझाएको खुलासा

सिरियामा आइएस विरुद्ध लड्न अमेरिकाले तालिम दिएका विद्रोही समूहले केही सैन्य हतियार अल कायदा आबद्ध अल नुस्रा फ्रन्टलाई बुझाएको खुलासा भएको छ ।
अमेरिकी सेनाले आफ्नो क्षेत्रबाट सुरक्षित आवत-जावतका लागि यो हप्ता मात्र विद्रोहीको एउटा युनिटले गोली गठ्ठासहितका ६ ओटा ट्रक बुझाएको जनाएको छ ।
अमेरिकाले दिएकामध्ये करिब एक चौथाई सैन्य सामग्री विद्रोही समूहले बुझाएको अनुमान गरिएको छ ।
अमेरिकी कंग्रेसले ५ हजार विद्रोहीलाई तालिम दिन ५० करोड अमेरिकी डलर दिन स्वीकृति जनाएको थियो । तर, तालिम प्राप्त ५४ जना भने अल नुस्रा फ्रन्टको आक्रमणमा परेको बताइन्छ ।
सिरियाका विभिन्न भू-भाग आफ्नो नियन्त्रणमा लिएको आइएसविरुद्ध लड्न चरमपन्थीका विद्रोही सेना तयार पार्न अमेरिकाले सघाए पनि यस्ता समूहमा आबद्ध हुनेहरु पाउन भने कठिन हुने गरेको छ । (एजेन्सी)