गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची । मस्तिष्कमा समझदारी,काँधमा जिम्मेवारी र हृदयमा इमान्दारी भन्ने मुल नाराका साथ त्रिवेणी बचत तथा ऋण सहकारी सँस्था सन्धिखर्कको चौथो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेसन आज भगवति उच्च मा.वि.शंखेटारीमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी सहकारी डिभिजन कार्यालय कपिल्वस्तुका प्रमुख राम प्रसाद चापागाईले सहकारीहरुले सफलताको शिखरमा पुग्नको लागी सहकारीका सात सिद्धान्तलाई आत्मसाथ गर्नैपर्ने बताउनु भएको थियो ।
अधिवेशनबाट चन्द्र प्रसाद बन्जाडे सहकारी संस्थाको नयाँ संचालक समितिको अध्यक्षमा सर्वसहमतिले निर्बाचित हुनुभएको छ ।
अधिवेशनले अन्य पदाधिकारी सहित ११ सदस्यिय सहकारी संचालक समितिपनि र्निबिरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा शोभाखर भुसाल,सचिब तुल्सीराम खनाल र कोषध्यक्षमा उत्तममणी मिश्र निर्बाचित हुनुभएको छ । सहकारी संचालक समितिको सदस्यहरुमा मिरा क्षेत्री, नारायण सुनार, टोपलाल खनाल,बसन्तराज पोख्रेल, बलराम बन्जाडे, यमकला बन्जाडे र शिव खत्री चयन हुनुभएको छ । सहकारीको लेखा समिति संयोजकमा जीवनारायण खनाल र सदस्यहरुमा हरी भुसाल र मोहनराज भुसाल निर्बाचित हुनुभएको छ ।
अधिवेशनले सहकारीको कानुनी सल्लाहकारमा के.वि.भुसाललाई चयन गरेको छ । त्यस्तेै अधिवेशनले बिभिन्न उप समितिहरु समेत निर्माण गरेको छ ।जस अन्र्तगत ऋण उपसमितिमा संयोजक शोभाखर भुसाल सदस्यमा राधा खत्री र राम प्रसाद भुसाल रहनुभएको छ । शिक्षा उपसमितिमा संयोजक कमल प्रसाद घिमिरे सदस्यमा रेसमराज भुसाल, टिकामाया शर्मा, सरिता के.सी.र यम बहादुर बन्जाडे रहनुभएको छ । अनुगमन तथा मूल्याकंन उपसमितिमा संयोजक पस्करनाथ बन्जाडे सदस्यमा दुर्गा प्रसाद खनाल, शालिकराम बन्जाडे र गणेश पौडेल रहनुभएको छ । धितो मूल्याकंन उपसमितिमा संयोजक नारायण सुनार सदस्यमा तुल्सी पन्थी, साजन वली, फर्सुराम भुसाल र उषा बस्नेत रहनुभएको छ ।
अधिवेशनबाट संस्थाका नि-बर्तमान अध्यक्ष गोबिन्द वि.सी.को संयोजकत्वमा ५ सदस्यिय सल्लाहकार समिति गठन भएको छ ।जसको सदस्यहरुमा राम प्रसाद पन्थी,लालमणी भुसाल,लोकहरी भुसाल र रुद्र प्रसाद पराजुली चयन हुनुभएको छ ।
बार्षिक साधारण सभाको अबसरमा सहकारी संस्थाका सेयर सदस्यका छोरा छोरी मध्ये गत बर्षको एस.एल.सी.परिक्षामा ८३ प्रतिशत अंक ल्याई उत्तिण हुने रेखा खत्री र सरोज भुसाललाई पुरस्कारले सम्मानित गरिएको कार्यक्रमका विशिष्ट अतिथिहरु अर्घाखाँची जिल्ला सहकारी संघका अध्यक्ष बालकृष्ण आचार्य,पत्रकार श्याम प्रसाद घिमिरे,बुद्धी गैरे,कृष्ण बन्जाडे,धर्मराज भुसाल,कविराम खनाल लगायतले बधाई एवम् शुभकामना मन्तब्य दिनुभएको थियो ।