मातृभूमिका लागि एक हुनु आजको आबस्यकता

राम प्रसाद पराजुली

दोहा, कतार । राष्ट्र र राष्ट्रियता माथि को धब्बा बन्दै आएको भारतले सधै नेपाल र नेपाली लाइ आफ्नो छोरि लाइ दिएको दाइजो जस्तै सम्जेर सधै विस्तारवादी हैकम चलाउने गर्छ ।  परापूर्वकालदेखि नै नेपालमा नाङ्गो हस्तक्षेप र राजनीतिक अस्थिरता कायम राखी नेपाललाइ अघि बढ्न नदिनु  हामी नेपाली हरुको सहन्सिलता र नेपाली नेता हरुको हन्जी हन्जी ले गर्दा नेपाली सधै भारतको कट्पुतली बन्नु बाध्य भएको छ राजनीतिक अस्थिरताका कारण न त नेपालले केहि परिबर्तननै गर्न सक्यो नत अरुको हन्जी जिहजुरी गर्न छाडेयो । 
हो यस्तै अस्थिरताका कारण हाम्रो देश नेपाली सधै भरि पछि परिरहेको छ राजनीतकका नाममा देशलाई सधै पछि धकेल्दै आएका हाम्रा नेपाली नेताको बुद्धि कहिले आउने होला ? देशमा अनगिन्ती राजनीतिक पाटीको जन्म जातीयता र नाताबाद किर्पाबाद  को हैकम तानाशाही ब्रबिदी जस्ता सोचले चुसेको नेपाल कहिले हुने हो समृद्ध नेपाल ? चुनाबी लहरमा गाउका दुखि गरिबलाई सुनौला सपना देखाउदै एक भोटको लागि हात फैलाउदै हिड्ने समय लाइ सम्झेर सबै सग हातेमालो गरि गाउ सहर हुदै देशलाइ शान्ति र समृद्ध नेपाल बनाउने काम गर्नु पर्नेमा देश झन् पछि झन् विखण्डन दिशा तर्फ लम्किरहेको छ यसलाई देशमा रहेका सम्पूर्ण राजनीतिक दल लगाएत बुद्धिजीवी हरुको सहयात्रा लाइ सुमधुर बनाउदै देशमा कुनै पनि आच आउने काम हुन नदिनु आजको आबस्यक हो बिगतलाई सम्झेर राष्ट्र र राष्ट्रियता लाइ बुझेर आफ्नो कर्तब्य निभाउने काम गर्नु जरुरि छ  विचार गर नेपाली राजनीतिक पाटिहरु जहाँ नेपाललै नरहे हामी कसरि नेपाली रहन्छौ ? पहिला नेपाल लाइ पचाउ अनि राजनीतिक गर ! राष्ट्र र राष्ट्रिय प्रति हामी बिदेशमा रहेका सम्पूर्ण नेपाली हरुलाई दिनका दिन चिन्ताले सताइरहेको छ । 
देशमा रोजगारीको अवस्था सिर्जना नभएको कारण बिदेशी गल्लि गल्लिमा आफ्नो र परिवारको सुनौलो  भबिस्यको खोजिमा भौतारिने हामी दुखि नेपाली दाजुभाई तथा दिदीबहिनी हरुलाइ कहिले सम्म यसरि अवसरको खोजीमा आफ्नो परिवार सग टाढा बनाइ राख्नने हौ ? अबत हामी नेपलीहरुको अधिकार संम्पन्न संविधान आउने भयो  देशमा शान्ति हुने भयो भन्ने सोच हाम्रो सोचमै मात्र सिमित देखिएको छ संविधान आएर पनि देशका बिभिन्न ठाउ हरुमा असन्तुष्टि र अशान्तिको बिकराल मचिदै छ । 
भारत पस्त मधेस्रका केहि राजनीतिक दल हरुको अभिव्यक्ति र भारतले समर्थन गरेका विचार हरुले पस्ट परेको छ कि आखिर तराइ मधेसलाइ सिकिमिकरण को संख्या दिरहेको छ आखिर किन के हामी सधै भरि भारत पस्त गुलामी गरेर बसी रहने हो ? जुन देशको संविधान घोसणा गर्दा ६६ प्रतिसत थियो त्यो देशले जुन देशमा संविधान घोसणा गर्दा ९० प्रतिसत ले समर्थन गरेको छ त्यसलाई अर्थी दिनु आफै मा राजनीतक कमजोरी देखिन जान्छ अहिलेको सिमाक्षेत्रको किर्यकलाब खुला रुपमा नेपाल माथीको हस्तक्षेपको र मधेसी हरुको खुलेआम अकालत आखिर किन गर्दै छ भारतले भारत बाट आएर हाम्रो नेपाली भूमिमा बसोबास गर्दै आएका भारतका सरणार्थी हरुलाई नेपालि नागरिता दिएर नेपाली बनाउनु पर्ने ? विचार गर नेपाली नेता हो हामीले गल्ति गरि सकेका छौ जसरि बिगतका दिन हरुमा हचुवाको तालमा नागरिता वितरण गरेर त्यसैले विचार गरि अघि बढ्नु राम्रो हुन्छ । 
 भारतीय बिस्तारबादको यो खेल ले फेरी सिकिमिकरण हुनबाट नेपाल लाइ बचाउनु जरुरि छ आज हाम्रो नेपाल आमाले हामी सम्पूर्ण नेपाली हरुको प्रतिक्षिया गरेकी छन्  हामी सम्पूर्ण नेपाली हरु एकताबद्ध रुपमा अघि बढी हाम्रो नेपाल को स्वभिमान , स्वतन्त्र र सार्वभौम सम्पन्न नेपाल र नेपाल माथि को नाङ्गो हस्तक्षेपको बिरुद्ध हामी एकभै अघि बढ्नु अहिलेको आबस्यक छ कुनै राजनीतिक दलको बिल्ला भिरेर हैन एउटा स्वाभिमान नेपाली भएर देश प्रतिको आफ्नो कर्त्यबय निभाउनु अनि मात्र देश र नेपाली जनताले परिबर्तनसिल नेपाल पाउने छन् ।  भारतीय बिस्तारबाद मुर्दाबाद , नेपालमाथीको नाङ्गो हस्तक्षेप बन्द गर  स्वाभिमानी नेपाली जनता एक हौ !!!