अर्घाखाँचीको कुपोषण हटाउन समुदाय स्तरीय तालिम सञ्चालन

प्रेम आचार्य



धनचौर,  अर्घाखाँची  । अर्घाखाँचीका बिभिन्न स्थानमा मातृ शिसु तथा बाल्यकालिन पोषण सुधारकालागि सामाजिक ब्यबहार परिबर्तन सञ्चार सम्बन्धि समुदाय स्तरीय तालिम सुरु भएको छ । 

 



धनचौर गाविसमा सञ्चालन भएको मातृ शिसु तथा बाल्यकालिन पोषण सुधारकालागि सामाजिक ब्यबहार परिबर्तन सञ्चार सम्बन्धि समुदाय स्तरीय तालिमका सहभागीहरु ।

 

लुम्बिनी सामाजीक बिकास केन्द्र अन्तर्गत सुआहाराको सहजीकरणमा ५ दिन सम्म सञ्चालन हुने तालिममा महिला स्वास्थ्य स्वयं सेबिका, सामाजीक परिचालक हरुको सहभागीता रहेको छ । 



  जिल्लाको मातृ शिसु पोषणको सुधारकालागि सुनौला हजार दिनका गर्भबती महिला, बच्चा र तिनका परिबारको पोषणको अबस्था सुधारकालागि तालिमको सञ्चालन भएको  सुआहारका जिल्ला संयोजक दिबस ढकालले बताउनु भयो ।उहाले बिभिन्न चरणमा गरि जिल्लाका सबै महिला स्वास्थ्य स्वयंसेबिका र गाविस तथा नगरपालीकाका सामाजीक परिचालकहरुलाई यो तालिम प्रदान गरिने  जानकारी दिनु भयो । 



  यो तालिमका सहभागी महिला स्वास्थ्य स्वयंसेबिकाहरुले आफ्नो गाँउको आमा समुहमा गई गर्भबती तथा सुतकेरी महिलाहरुलाई आफुहरुले सिकेको ज्ञान दिनेछन । जसका कारण जिल्लाको स्वास्थ्य स्थितिमा उल्लेख्य सुधार आउने छ । 



  नेपालको जनसांख्यीक सर्भेक्षण २०११ को तथ्यांक अनुसार शिसु जन्मेको १ घण्टा भित्र स्तनपान गराउनेको संख्या ४५ प्रतिसत  छ । शिसु जन्मेको एक दिन भित्र स्तनपान गराउनेको संख्या ८५ प्रतिसत छ । शिसुलाई ६ महिना सम्म पुर्ण स्तनपान गराउनेको संख्या ७० प्रतिसत छ शिसुलाइ कहिले पनि स्तनपान नगराएको भने १ प्रतिसत छ ।



 विश्व स्वास्थ्य संगठनका अनुसार ६ महिनासम्म आमाको दुधबाहेक अन्य खानेकुराहरू बच्चालाई खुवाउनु हुँदैन । स्तनपान गराउनाले बच्चामा शारीरिक तथा मानसिक बौद्धिक विकास भई बच्चालाई कुपोषण हुनबाट जोगाउन साथै बच्चा स्वस्थ भएपछि घरमा पनि आर्थिक भार कम भई गरिबी हुनबाट जोगाउन मद्दत गर्दछ । त्यसैगरी बच्चालाई २ वर्षसम्म लगातार स्तनपान गराएमा बच्चा फूर्तिलो हुने साथै ६ महिनापछि खुवाइने थप खानाले गर्दा बच्चालाई सिकाईको लागि तयार पार्ने हुँदा बच्चाले सजिलोसँग पढ्न सक्ने हुन्छ । 

अन्य समाचारहरु