ताइवानमा भारी बर्षापछि आएको तुफानका कारण ३ हजार घर डुबानमा

ताइवानमा भारी बर्षापछि आएको तुफानका कारण ३ हजार घर डुबानमा परेका छन् ।
२ सय ९ किलोमिटर प्रतिघण्टाको दरले आएको तुफानका कारण यातायात अवरुद्ध हुनुका साथै बिजुलीका पोलहरु ढलेका कारण बिजुली आपूर्तिसमेत बन्द भएको छ ।
ठाउँ-ठाउँमा रुख ढलेकाले थुपै्र सवारीसाधनमा क्षति पुगेको छ । ताइवान भ्रमणमा रहेका पर्यटकहरु तुफानको मारमा परेका छन् ।
पर्यटकीय होटेल तथा रेष्टुराँमा पुगेको क्षतिका कारण पर्यटक विचल्लीमा परेका हुन् । ताइवानमै गत महिना आएको तुफानमा परी सात जनाको मृत्यु भएको थियो । (एजेन्सी)