माल्दिभ्सका राष्ट्रपति यामीन अब्दुल गयुम चढेको डुंगामा विस्फोट भएको छ । सोमबार बिहान भएको सो विस्फोटका बाबजुद राष्ट्रपति यामिन सुरक्षित रहेको अधिकारीहरुले जनाएका छन् ।
सोही डुंगामा सवार उनकी पत्नी र अन्य केही अधिकारी भने विस्फोटबाट सामान्य घाइते भएको जनाइएको छ ।
समाचार एजेन्सीहरुका अनुसार राष्ट्रपति यामीन हज यात्रा सकेर स्वदेश फर्किएका थिए । उनी विमानस्थलबाट राजधानी मालेतर्फ जाँदै गर्दा सो विस्फोट भएको जनाइएको छ ।
विस्फोटका बारेमा अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)