अर्घाखाँचीमा सबै केबुल टिभी तथा एफ.एम.रेडियोहरुबाट भारतीय टेलिभिजन च्यानल , विज्ञापन र हिन्दी गितहरू प्रसारण नगर्न ५ विद्यार्थीको अपिल

 गोपाल प्रसाद भट्टराई 



सन्धिखर्क, अर्घाखाँची । नेपालमा भारतीय हस्तक्षेपको विरोध गर्दै अर्घाखाँचीमा क्रियाशिल ५ विद्यार्थी संगठनहरुले जिल्लाका सबै केबुल टिभी तथा एफ.एम.रेडियो हरुबाट भारतीय टेलिभिजन च्यानल, विज्ञापन र हिन्दी गितहरू प्रसारण नगर्न भन्दै सोमबार संयुक्त प्रेस विज्ञप्ती जारी गरी आग्रह गरेका छन् । 



ने.वि.संघका कार्यबाहक अध्यक्ष सुरज रायमाझी,अनेरास्ववियु का अध्यक्ष प्रदिप नेपाली,अनेरास्ववियू (छैठौं)का अध्यक्ष गोपाल प्रसाद भट्टराई,अखिल क्रान्तिकारी का अध्यक्ष प्रदिप परियार र अखिल (क्रान्तिकारी) का प्रतिनिधी अनिल नेपाली द्धारा हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्ती मार्फत भारतिय च्यानल, गित र बिज्ञापन प्रसारण बन्द गर्न आग्रह गर्दै जिल्ला स्थित जय मातादी केवल टिभि र सुपादेउराली केवल टिभि का साथै जिल्लामा संचालित सामुदायिक रेडियो अर्घाखाँची, रेडियो देउराली, सुर्योदय एफ.एम. र नयाँ एफ.एम.लाई ज्ञापन पत्र दिएका छन् । भारतले अनावश्यक रुपमा नेपालको आन्तरीक मामिलामा हस्तक्षेप गरेको र नेपालमा अघोषित रुपमाका नाकावन्दि गरी अत्याबश्यक सामाग्रीहरु ल्याउन प्रतिवन्ध लगाएको बिरोधमा भारतीय च्यानल प्रसारणमा रोक लगाइएको विद्यार्थीहरुले बतायका छन् ।



आफूहरुको आग्रह अनुसार केबुल सञ्चालक र रेडियो संचालकहरुले भारतीय टेलिभिजनहरू बन्द गराई राष्ट्रियता, स्वाधिनताको पक्षमा र भारतीय हस्तक्षेपको बिरूद्धमा सहयोग गर्ने बतायका छन् । उनिहरुले भने, भारतले हाम्रा लागि अत्यावश्यक सामाग्रीहरु ल्याउन रोक लगाउँछ भने, उसको टिभि च्यानल हेरेर किन नेपाली रकम भारत पठाउने ? विज्ञप्तीमा भारतले तत्काल नाकाबन्दी नखुलाएमा विद्यार्थीहरु थप शसक्त आन्दोलनका कार्यक्रम गर्दै जाने बताईएको छ ।

 

अन्य समाचारहरु