धारापानीमा अरिङगालको टोकाइबाट एकको मृत्यु

गोपाल प्रसाद  भट्टराई
सन्धिखर्क,  अर्घाखाँची । अर्घाखाँची जिल्लामा अरिङगालको टोकाइबाट एक जनाको ज्यान गएको छ । 
जिल्लाको धारापानी गा.वि.स – ५ का चित्र बहादुर शाहको  अरिङगालले टोकेपछि उपचारको सिलसिलामा भैरहवा मेडिकल कलेजमा मंगलवार ज्यान गएको हो ।
घर नजिकै खरबारीको रुखमा रहेको अरिङगालको गोला पोल्ने क्रममा  अरिङगालको टोकाइबाट शक्त घाइते भएका शाहको उपचारको क्रममा ज्यान गएको थियो ।
अर्घाखाँचीमा बर्षेनी अरिङगालको टोकाइबाट २-३ जनाको ज्यान जाने गरेको छ ।

अन्य समाचारहरु