आर बि खड्का
नेपाल एउटा स्वतन्त्र देश हो ! भारत सरकारले नेपालमा एक सातादेखि नाकाबन्दी गरेपछि देश गम्भीर संकटमा छ ! तर उत्तरी छिमेकी देश चीन जहिले पनि नेपाललाई सहयोग गर्न चाहन्छ । उसले चाह्यो भने धेरै गर्न सक्छ । तर, के उसले आफूले चाहेको सहयोग नेपालमा गर्न सक्छ वा पाउँछ ? यो प्रश्न भने गम्भीर छ ।विगतदेखि भन्दै आएका कुरा हो भारत र चीनसँग समदूरीको सम्बन्ध राख्नुपर्छ ।
सैद्धान्तिकरुपमा यो कुरा सही छ । के त्यो व्यहारमा सम्भव छ ?हामी भारतसँग सन् १९५० लगायत विभिन्न सन्धी सम्झौताले बाँधिएका छौं । नेपालका राजनीतिज्ञहरुले ती असमान सन्धीलाई पुनरावलोकन गर्ने पहल गरेनन्, साहस गरेनन् । जसका कारण हामी बेलाबेला दक्षिण छिमेकीको अनावश्यक दबावमा पर्दै आएका छौं । यतिबेला उनीहरुलाई राम्रो बोध भएको हुनुपर्छ, आवश्यकताभन्दा बढी झुक्नुको परिणाम सुखद हुँदैन ।यो गम्भीर प्रश्न हो नेपाल भारत का संबंध , संधि सम्झौता लाई अलि धेरै अध्ययन को जरूरी छ! ! कृपया नेपाल भारत को सम्बन्ध कसरी मजबूत बनाउन सकिन्छ ? भारत बस्ने लाखों नेपाली प्रवाशी को चिन्ता को बिषय भएको छ !
भारत का गल्ली गल्ली चोकहरु मा भारत बस्ने लाखों नेपाली ले भारतको नाकाबंदी को बिषय मा भारतिय जनता संग नेपाल र नेपाली प्रति सदैव मैत्रीपूर्ण सम्बन्ध चाहाने सगँ सकारात्मक कुराकानि, बहस, छलफल, भेटघाट अन्तरकृया कार्यकम भएका छन ! भारतीय जनता र नेपाली जनता बिच धेरै सकारात्मक छलफल चलिरहेका छन कसरी नेपाली र भारतीय जनता को सम्बन्ध मजबूत हुन सक्छ ! भन्ने दुबै देशका जनता को चिन्ताको बिषय हो !नेपाल को राष्ट्रीय स्वाधीनता , देश पहिलो प्राथमिक हो भन्नेकुरा प्रवाशी लाखौ नेपाली को एउटै स्वर छ ! तर भारत मा रहेका लाखों प्रवासी डाक्टर, ईञ्जिनियर, ब्यापारी मजदूर, चौकीदार बुद्धिजीवी, पुलिस, फौजी, लगायत लाखों प्रवासी भारत को भूमिमा पहिलादेखि हुदै बिशेषत २००७पछी २०७२ सम्म लाखों लाखों बसोवाश गरेका छन! नेपाली हरु लाई नेपाल भारत को साना ठुला बिबाद साथै भारत को नाकाबंदी ले प्रवासी नेपाली को घर परिवार मा ठुलो चिन्ता को बिषय भैरहेको छ !
सामान्य उदाहरण नेपाली केटा श्रीमान भारतीय केटी श्रीमती या भारतीय केटा श्रीमान नेपाली केटि श्रीमती बच्चा बच्ची घरजम गरेका बसेका नेपाली को अबस्था कस्तो होला कल्पना गरौ! भारतीय जनता नेपाल मा शान्ति समृद्धि चाहान्छन ! भारतीय शासक वगॅ भने नेपालमा अशान्ति खैलाबैला चाहान्छन नेपाल मा उनिहरुको यो शासक स्वार्थ हो सबै कुरा र पिडा, बेदना भुलेर प्रवाशी नेपाली को आवाज़ भनेको नेपाल सरकार र भारत सरकार को कूटनीतिज्ञ हरुको कूटनीतिक रुपमा छलफल बहस चलाई नेपाल का राणा को पाला देखि २०७२ सम्म का संधि सम्झौता लाई गम्भिर रुपमा उठाउने समय यहि हो !
भारत प्रवाश मा बस्ने नेपालीको आवाज़ खुल्ला सिमाना,र असमान संधि सम्झौता नै हो नेपाल सरकार को तरफ़ बाट प्रतिनिधी मंण्डल बनाएर तुरुन्त भारतीय सरकार संग समस्या को समाधान खोज्नु नै अहिलेको उत्तम बाटो हो यदि भारतीय सरकार ले नेपाल लाई हेप्ने, हप्काउने ,दवाउने आफ्नो विस्तारवादी निती अपनाउने काम गर्यो भने भारत प्रवाश मा बस्ने लाखों नेपाली भारतीय शासन वगॅ का बिरोध मा भारतिय भूमिमा नै आन्दोलन तेज हुनेछ !र अन्तिम सम्म नेपाल भारत को सम्बन्ध मजबूत कसरी बन्छ त्यो प्रमुख कुरा मुख्य हो भारत जे चाहान्छ तेही हुन्छ ? नेपाली जनता को आन्तरिक समस्या मा हस्तक्षेप नगरोस भारत सरकार ले किनकि नेपाली जनता को जनमत नै नेपाली को खुशी र जीवन हो !
शान्ति र संबिधान नै नेपाली जनता र जनसमुदाय को साझा एजेंडा हो ! नेपाली जनता र भारतीय जनता को एकता जिन्दावाद!!
लेखक: आर बि खड्का अखिल भारत नेपाली एकता मंच भारत केन्द्रीय सदस्य