यमनमा एक बिवाह समारोहमा भएको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या १ सय ३०

यमनमा गत सोमबार एक बिवाह समारोहमा भएको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या १ सय ३० पुगेको छ ।
यमनको मोचास्थित रेड सि बन्दरगाह क्षेत्रमा हुथी बिद्रोहीले बिवाह उत्सव मनाइरहेको ठाउँमा आक्रमण भएको हो ।
यसअघि यमनमा साउदी गठबन्धनको सेनाले बिद्रोहीमाथी संयुक्त हवाई कारबाही गर्दै आए पनि पछिल्लो यो आक्रमणको भने जिम्मेवारी लिएको छैन ।
यद्यपी संयुक्त राष्ट्रसंघले भने यमनमा युद्धरत सबै पक्ष मानव जिबनको परबाह नगरी अगाडी बढेको भन्दै घटनाको निन्दा गरेको छ ।
राष्ट्रसंघ महासचिव बान कि मुनले सैन्य कारबाही जारी संघर्षको समाधान नभइ यसले केबल मानब त्रासदी मात्र बढाउने भन्दै आक्रमणको निन्दा गरेका छन् ।
यमनमा हालसम्म भएको हवाई तथा स्थलगत कारबाहीमा परी ५ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । जसमा २ हजार ३ सयभन्दा बढी सर्वसाधारण रहेको बताइएको छ । (एजेन्सी)