अमेरिकी इतिहासमा ७० वर्षपछि एक महिलालाई मृत्युदन्ड

अमेरिकी इतिहासमा ७० वर्षपछि एक महिलालाई मृत्युदन्ड दिइएको छ ।
आफ्ना प्रेमीको सहयोगमा पतिको हत्या गरेको आरोपमा पक्राउ परेकी अमेरिकाको जर्जियाकी ४७ वर्षीया केलीलाई मृत्युदन्ड दिइएको हो । केलीले सन् १९९७ मा प्रेमीको सहयोगमा पतिको हत्या गराएकी थिइन् ।
अदालतले उनका प्रेमीलाई भने यसअघि नै आजीवन काराबासको सजाय सुनाइसकेको छ । आफूले गरेको अपराधप्रति केलीले पोपसमक्ष माफी मागेकी थिइन् ।
तर, पोपले माफी दिन अस्वीकार गरेपछि उनलाई अमेरिकी अदालतले मृत्युदन्डको सजाय सुनाएको थियो ।
मृत्यृको इन्जेक्सन दिनेक्रममा उनले चर्को आवाजमा गीत गाएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)