गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची । आफैसँग भएकोे ज्ञानलाई ब्यवहारमा उतार्न नसक्दा नेपालीहरुको स्वास्थ्य जोखिममा आफैसँग भएकोे ज्ञानलाई ब्यवहारमा उतार्न नसक्दा नेपालीहरुको स्वास्थ्य जोखिममा पर्नेगरेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
शीर मेमोरियल अस्पताल अफ सेभेन्थ-डे एडभेन्टिस्ट बनेपा,काभ्रेको आयोजनामा पाठेघर खस्ने समस्या रोकथाम तथा न्यूनिकरण सम्बन्धि जिल्ला अस्पताल अर्घाखाँचीमा सम्पन्न एकदिने अभिमुखिकरण कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो कुरा बताएका हुन् ।
गर्भवती र सुत्केरी अबस्थामा पोषिलो खानाको साथमा आरामको जरुरत पर्छ, सुत्केरी गराउँदा स्वास्थ्य सँस्थामै लैजानुपर्छ भन्नेकुराको ज्ञान हँदाहदैपनि बेवास्ता गरी भारी काम गर्ने,सन्तुलित भोजन नगर्ने र सुत्केरी हुनेबेलामा ध्यान नदिएकै कारण बर्षेनी नेपालमा थुप्रै महिलाको पाठेघर खस्ने र गर्भवती एवम् सुत्करी महिलाको ज्यान समेत जाने गरको हुनाले यसलाई रोकथाम तथा न्यूनिकरण गर्नु कार्यक्रमको प्रमुख लक्ष्य रहेको पाठेघर खस्ने समस्या रोकथाम तथा न्यूनिकरण कार्यक्रम फिल्ड कोडिनेटर प्रलाद शर्माले बताउनुभएको छ ।
कार्यक्रमको प्रस्तुतीकरण गर्दै कार्यक्रमका फिल्ड कोडिनेटर प्रलाद शर्माले बि.सं.२०१६ सालबाट कार्यक्रमको अभियान थालेको शीर मेमोरियल अस्पताल अफ सेभेन्थ-डे एडभेन्टिस्ट बनेपा,काभ्रेले बिभिन्न जिल्लाहरुमा कार्यक्रम सम्पन्न गरी अर्घाखाँची जिल्लामा आएको भन्दै कार्यक्रमलाई सफल बनाउन सरोकारवाला सबैको सहयोगको खाँचो पर्नेहुनाले सबैलाई सहयोग गर्न अपिल गर्नुभएको थियो ।
कार्यक्रममा मन्तब्य राख्दै स्थानिय विकास अधिकारी हरी प्रसाद ज्ञवालीले नेपाल भौगोलिक धरातलको बिभिन्नता भएको र सोहिअनुसार जनस्तर पनि फरक-फरक हुनेहुनाले काम गर्दापनि सोहिअनुसार उतार-चढाब आउने भन्दै अर्घाखाँची जिल्लामा अत्यन्तै महत्वपूर्ण कार्यक्रम आएकोले आफु खुिश भएको र कार्यक्रमलाई जिल्लाबाट आबश्यक सहयोग पुर्याउने बताउनुभएको छ । उहाँले अर्घाखाँची जिल्लाका ग्रामिण क्षेत्रमा रहेका विद्यालय जानबाट बन्चित बाल-बालिका र बाल बिवाह गरी बसेकाहरुको समुहको माझमा यो कार्यक्रम लैजानुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै निमित्त जिल्ला शिक्षा अधिकारी लिला राहुत र नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीका अध्यक्ष शोभाखर पन्थीले अत्यन्तै प्रभावकारी र सान्दर्भिक अभियानमुखी कार्यक्रम भएकोले यसलाई स्थानिय तहमा रहेका शिक्षाको पहुच भन्दा बाहिर रहेका बर्ग समक्ष लैजानुपर्ने भन्दै यसलाई सफल पार्न आफ्नो ठाउँबाट पूर्ण सहयोग गर्ने बताउनुभएको छ ।