सन्धिखर्क, अर्घाखाँची । होटल तथा रेष्टुरेण्ट व्यवसायी समिति अर्घाखाँचीको नवौं स्थापना दिवस तथा नवौं साधारण सभा विशेष कार्यक्रमका विच सन्धिखर्कमा सम्पन्न भएको छ ।
सन्धिखर्कका होटल व्यवसायीहरुको बाक्लो उपस्थितीमा आज दिउसो सन्धिखर्कमा नवौं स्थापना दिवस तथा नवौं साधारण सभा सम्पन्न गरिएको हो ।
साधारण सभामा संस्थाका महासचिव बाबुराम पन्थीले संगठनात्मक प्रतिवेदन पेश गर्दै आफुहरुको व्यवसायिकता र विकनासको लागि गुरुयोजनाका साथ अगाडी बढेको जानकारी दिदै तत्कालै कार्यालय भवन निर्माण गर्ने जानकारी दिएका थिए । उनले साँझ दश बजेनै प्रशासनद्वारा होटल वन्द गर्न दवाव गएको गुनासो गरेका थिए ।
कायक्रममा संघका कोषाध्यष कृष्ण प्रसाद आचार्यले आय व्यय विवरण सार्वजसनक गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी समेत रहेका अर्घाखाँची उद्योग बाणिज्य संघका महासचिव नेत्र प्रसाद भुसालले होटल व्यवसायीहरुसंग हातमा हात मिलाएर अगाडी बढ्न आफुहरु तयार रहेको भन्दै सवै मिलेर समस्याहरुको निवारण गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष शोभाखर पन्थी, संघका जिल्ला सदस्य बसन्तराज पोख्रेल, जिल्ला उपाध्यक्ष मोहनसिंह ठकूरी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम संस्थाका जिल्ला अध्यक्ष नोलराज भण्डारीको अध्यक्षता र सचिव विष्णु प्रसाद बन्जाडेको सञ्चालनमा सम्पन्न भएको थियो ।
कृष्ण परियारबाट