भारतिय हस्तक्षेपको राष्ट्रिय जनमोर्चाद्धारा सन्धिखर्कमा बिराधसभा सम्पन्न

गोपाल प्रसाद भट्टराई 



सन्धिखर्क, अर्घाखाँची । नेपाल माथि भारतिय हस्क्षेपको बिरुद्धमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आईताबार सदरमुकाम सन्धिखर्कमा बिराधसभा सम्पन्न गरेको छ । भारतले नेपालमा अघोषित रुपमा नाकाबन्दी लगायर नेपाल र नेपालीहरुमाथी गरेको ठाडो हस्तक्षेपको बिरुद्ध राष्ट्रिय जनमोर्चाको देश ब्यापी बिरोधको कार्यक्रम अन्र्तगत अर्घाखाँची जिल्लामापनी बिरोधसभा गरेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले बताएको छ ।

 



 

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले अयोजना गरेको उक्त सभालाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका राप्ती-लुम्बिनी क्षेत्रिय इन्चार्ज शेर बहादुर वि.सी.ले नेपालको संविधान निर्माणमा आफ्नो भूमिका नभएको र संविधान भारतको हितमा जारी नभएकाले भारतले नेपालीहरुलाई दःख दिन खोजेको भन्दै  भू-परिबेष्ठित राष्ट्र नेपालमाथी भारतले गरेको अपमानजनक ब्यबहारलाई नेपाली जनताले सहन नसक्ने  बताउदै बिरोध जनाएका छन् ।

 



 

कार्यक्रममा मन्तव्य राख्दै अखिल नेपाल किसान संघका केन्द्रिय कोषाध्यक्ष कृष्ण के.सी.ले नेपालको राष्ट्रियता जोगाउन र वैदेशिक हस्तक्षेपको बिरुद्ध राष्ट्रिय जनमोर्चाले बारम्बार संघर्षका आवाज उठाउदै आएपनी नेपालका ठुला भन्ने दलहरुले सत्ता लिप्सामा लागेर भारतिय इशारामा काम गर्नाले नेपाल र नेपालीले आजको अबस्था खेप्नुपरेको बताए । 

 



 

कार्यक्रमका अर्का वक्ता ने.क.पा. मसाल का जिल्ला प्रबक्ता थम्मन के.सी.ले मन्तव्य राख्दै नेपाल र नेपालीको हित बिपरित जबरजस्ती नेपालमा संघियताको बिउ रोपेको भारतले नेपालीहरुबिच जातिय र क्ष्त्रिय द्धन्द गराई नेपालीभूमिमाथी कब्जा जमाउने सपना नयाँ सबिधानले पुरा नहुने देखिएपछि भारतले दादागिरी देखाउन खोजेको भन्दै भारतिय हस्तक्षेप र राष्ट्रियताको रक्षार्थ सम्पूर्ण नेपालीहरुलाई एक हुन आग्रह गर्नुभएको छ । कार्यक्रम राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष झविलाल थापाको अध्यक्षता र जीवनारायण खनालको संचालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु