अर्घाखाँचीमा पेट्रोलियम पदार्थको आज देखी केही सहज हुने (फोटो फिचर)

कृष्ण परियार 



सन्धिखर्क, अर्घाखाँची  । भारतले अघोषित रुपमा नाका बन्द गरेपछि अर्घाखाँचीको जनजिवन कष्टकर बन्दै आएको थियो ।

 



 

प्रयाप्त मात्रामा समानहरु आयात हुन नसकेपछि केही सहज हुने भएको छ  । कालोबजारी मौलाउन थालेको थियो  । दैनिक प्रयोजनका सामानहरुमा पसलेहरुले मनोमानी रुपमा मुल्य वृद्धिगरेर विक्रीगदै आएका थिए् ।

 



 

सहज रुपमा भनेजति पेट्रोलियय पदार्थ नपाउदा यात्रामा समेत कठिनाई उत्पन्न भएको  थियो । पेट्रोलियम पदार्थ सहज रुपमा नपाउदा निजि गाडी तथा मोटरसाईकलहरु फाट्टफुट्टरुपमा मात्र संचालन हुदैे आएका थिए् । अर्घाखाँचीमा जोर विजोर प्रणली लागु नभएपनि डिजेलवाट चल्ने गाडीहरुलाई केहि सहज भएपनि पेट्रोलबाट चल्ने गाडीहरु सुचारु आज देखी हुने भएका छन । 

 



 

दैनिक सयौंको सङ्ख्यामा चल्ने मोटरसाईकलहरु अहिले फाट्टफुट्टरुपमा मात्र बाटोमा देखिन्छन् । जिल्लामा रहेका २ वटा पेट्रोलपम्पमा अहिले पेट्रोलको अभाव भएको छ । ठुला गाडीहरुको लागी भने डिजेल प्रयाप्त नभएपनि थोरै थारै उपलव्ध गराउदै आएको भुसाल  आयलका कृष्ण प्रसाद भुसालले बताए । भुसालले लामो समयपछि जिल्लामा शनिवार मात्र पेट्रोलियम आउने भनेता पनी सनीबार आउन सकेको थिएन। 

 



 

आज सोमबार बिहान केही ट्रक आए पछि १५० भन्दा बडी मोटरसाईकलहरु बिहान ५ बजे देखी लाईनमा बसेको चुत्राबेसीमा रहेको भुसाल डिटिब्यूटरले ५०० भन्दा बडिको तेल नदिने समेत जानकारी दिएको छ ।

 



 

पेट्रोलको अभाव भएसंगै सरकारी कामकाज समेत प्रभावित भएको थियो भने अब केही सहज हुने भएको छ । 

अन्य समाचारहरु