सिरियाको उत्तरी क्षेत्र पल्माइरा शहरमा इस्लामिक अतिवादी समुह आईएसले फेरि अर्को पुरातात्विक महत्वको स्मारक ध्वस्त पारेको छ ।
गत मेमा शहर नियन्त्रणमा लिएको आइएसले करिब २ हजार वर्ष पुरानो उक्त स्मारक ध्वस्त पारेको हो ।
यसअघि आइएसले पल्माइराको दुई वटा प्राचिन मन्दिर ध्वस्त पारेको थियो । युनेस्कोले ती मन्दिर विश्व सम्पदा सूचीमा सूचिकृत गरेको थियो ।
युनेस्कोका निर्देशक इरिना कोकोभाले स्मारक ध्वस्त भएको घटनालाई युद्ध अपराध भन्दै आइएस विरुद्ध एक हुन विश्व समुदायलाई आग्रह गरेका छन् ।
सिरियामा गृहयुद्ध सुरु हुनु अघि प्रत्येक वर्ष १ लाख ५० हजार भन्दा पर्यटकले पल्माइरा भ्रमण गर्ने गर्दथे । (एजेन्सी)