विश्वमा अति विपन्न अवस्थामा रहेका मानिसको संख्या घट्ने प्रक्षेपण सार्वजनिक भएको छ ।
विश्व बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१५ को अन्त्यसम्म विश्वको कुल जनसंख्यामध्ये १० प्रतिशत पहिलो पटक अति विपन्न अवस्थामा पुग्ने जनाएको छ ।
सन् २०१२ मा अति गरिबीको रेखामुनी रहेकाको जनसंख्या १२ दशमलव ८ प्रतिशत थियो । नयाँ आकडा अनुसार दैनिक १ दशमलव ९० डलर आम्दानी हुनेलाई बैंकले अति गरिबीको अवस्थाको रुपमा परिभाषित गरेको छ ।
यस अघि यो रकम १ दशमलब २५ डलर थियो । विश्व बैंकका अध्यक्ष जिम योङ किमले मानव इतिहास मै अहिलेको पुस्ताले अति विपन्न अवस्थाको अन्त्य गर्न सक्ने बताए ।
विकासशील मुलुकको बलियो आर्थिक वृद्धि दर, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा लगानी जस्ता कारणले अति विपन्न स्थितिको दर घट्दै गएको बैंकको ठहर छ ।
तर विश्व बैंकले अफ्रिकाको सहारा क्षेत्रमा बढ्दो गरिबीप्रति भने गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ ।(एजेन्सी)