ग्रामिण नमुना कृषकका लागि क्षमता अभिवृद्धि तालिम अर्घाखाँचीको सन्धिखर्कमा आज देखि शुरु

घनश्याम पौडेल
सन्धिखर्क, अर्घाखाँची । वर्षै भरी हरिया र पहेला रङ्गका तरकारी र फलफुल उव्जाउ आफु खाउ र वच्चालाई पनि खुवाउ भन्ने उद्देश्यले घरायसी खाद्यान्य उत्पादन कार्यक्रम ग्रामिण नमुना कृषकका लागि क्षमता अभिवृद्धि तालिम अर्घाखाँचीको सन्धिखर्कमा आज देखि शुरु भएको छ । 
कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका वुद्धिराम भटराईको अध्यक्षता जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. रामनारायण मण्डलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 
कार्यक्रममा लुम्विनी सामाजिका विकास केन्द्रका प्रशासन तथा लेखा अधिकृत विश्ववन्धु घिमिरेले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सन्चालन सरसफाई अधिकृत सिर्जना पन्थिले गर्नु भएको थियो । 
अर्घाखाँची जिल्लामा सुआहारा कार्यक्रम लुम्विनी सामाजिक विकास केन्द्रले सहजीकरण गरी रहेको छ ।

अन्य समाचारहरु