भारतीय हस्तक्षेप,बिदेशको मौनता यथास्थितीमा रहेमा तेस्रो विश्वयुद्ध नेपालवाट नै हुने नेपालीको रहर हैन वाध्यता

 डिआरजी सुमन 
सरकार बाँडफाड ठुलो वाँ मुलुकको संकट निकास मुलुकै ठप्प हुदा किन ठोस क़दम चाल्न सकेन नेपाली नेतृत्व यो निकै सोच्नु पर्ने विषय हो । नेपाली इतिहासमा विगतका दिनमा जसरी २४० वर्षे राजतन्त्र हटाउनलाई आम जनतालाई आन्दोलनमा होम्न आदेश जारी गर्ने मुलुकका नेतृत्वकर्ताको पंक्ति हप्ता दिन भन्दा वढी मुलुक नाकावन्दीको चपेटामा परि रहदा जनतालाई किन झुक्काएर वसेको छ । यस समयमै संयुक्त राष्ट्रसंघको महासभा पनी भयो उपप्रधानमन्त्री पनी सहभागी भएर आए भारतमा रहेका नेपाली राजदूत पनी नेपाल भारत गरेकै छन तर निकासका काम किन हुन सकेका छैनन् । आख़िर संयुक्त राष्ट्रसंघको महासभामा नेपालको नाकावन्दीको विषयमा ठोस निर्णाय के भयो । वर्तमान परिवेशमा नेपाल भित्रको अवस्था दिन प्रतिदिन जटील वन्दै गएको नेतृत्व देखी सर्वसाधारणलाई समेत विदितै छ । राष्ट्रीयता र सार्वभौमसत्ताको सवालमा सदैव वहस गरी रहने नेपालका सिर्स नेतृत्व कुसल नेतृत्व गर्नमा असमर्थ हुदा आज सिंगो नेपाल संकटमा फसेको छ । पहुँचवाला पुजीपती र हुने खानेवालालाई यो समयको समस्या हाल सम्म सामान्य रहेको होला तर आज दैनिक ज़्याला मज़दूर गरेर साँझको छाक टार्नेको अवस्थाबारे सोचिएको भए नाकावन्दीको समय यती लामों हुन संभव थिएन ।
आज नेपालमा जुन समस्या आएको छ त्यसलाई नेतृत्वकर्ताले सामान्य लिएको पाईन्छ । यो समस्या २०७२ वैशाख १२ को महाभुकम्मको झड्का भन्दा दशौ गुणा पीड़ादायक छ किनकी भूकम्पले क्षति भएका १४ जिल्लामा एनजीओ आईएनजीओको उद्गार भएको थियो मरेका मरिगए जीवितलाई जिउने सहज आधार त दिईएको थियो । वास्तविक रुपमा कुराकानी गरी विना निष्कर्ष छलफल समापन गर्न,आफ्नो परिवारमा दुश्मन आउछ अनी भौतिक रुपमा लडेर खोस्न त आम जनताले पनी जानेको छ तर खै आज मुलुक ठप्प हुदापनी सार्वजनिक पदधारक मुलुकका नेतृत्वकर्ताले आफ्नो विवेकशीलता पुरा गरेको त पाईदैन । आज नेपालमा भारतवाट आउने सवै भन्षार नाका ठप्प छन । उता भारतले नौटंकी देखाउदै गरिएको अघोषित नाकावन्दीको प्रभाव मुलुकभर परि रहदा यो समयमा बिज्ञ नेता डा॰वावुराम भट्टराईको राजिनामा सायद समय सान्दर्भिक थिएन कि यो मेरो वुझाई ग़लत पनी हुन सक्छ तर भट्टराईले राजिनामा दिएको भएता पनी एक विवेकशील नेपाली भएको कारण यो समस्या समाधानको लागी पहल गर्नु अत्यावश्यक नै हो । भारतले वि.सं २०४५ मा पनी नाकावन्दीको चपेटामा नेपाललाई फसाएकै हो यो विषयमा अहिलेको नेतृत्व विज्ञ नै छ त्यस नाकाबन्दीको निकास कसरी गरिएको थियो यो पहल नगरी आज नेतृत्वले सरकार परिवर्तनको खेलमा फेरी देखाएको नौटंकी नेपालको समय सान्दर्भिक नै छैन । आख़िर मुल समस्या सरकार कि राष्ट्रीयता यो विषयमा गंभीरताका साथ सोच्ने समय आएको छ । आज नेपाललाई लडाएर छिमेकी मुलुकले गिद्धे नजर लगाई रमाईरहेको छ । सरकार नै परिवर्तन भएता पनी आख़िर कुनै नयाँ ब्याक्ती त आउने हैन नि यीनै पन्चे,बहुदलीय नेता आज गणतन्त्रमा आए तर उही पुरानो व्याक्ती हुदा नयाँ विकास हुन नसकेको निश्चित नै छ । जव सम्म नयाँ पुस्ता सरकारको नेतृत्वमा पुग्न नसकेको अवस्थामा नेपालमा जुनकुनै तन्त्र र शासन आएपनी मुलुकले निकास पाउने वाला छैन तसर्थ अन्य निज़ामती कर्मचारी सरह राजनितीमा पनी अनिवार्य अवकाशको प्रणाली लागु गरी दोस्रो पुस्तालाई मुलुक सुम्पिनु नै निकासको आधार हो । हाँड़ीमा कनिका रहुन्जेल राँणीलाई निद्रा लाग्दैन भने झै राजनितिक सिर्स बुढाखाँडा नेतालाई ससम्मान अध्यक्ष र सभापतीपदवाट पनी बिदाई गरी नेतृत्व परिवर्तन गरी समयानुसार चल्न सक्ने युवाहरु मन्त्रालयमा पठाउनु आवस्यक मात्र हैन मुलुकको निकासी माध्यम पनी हो तर यो समय सरकार हैन मुलुकको संक्रमणकाल अन्त्य गरी नयाँ संविधानलाई मुर्तरुप दिने समय हो ।
आज मुलुकको बहुसंख्यक सभासद (सांसद) एक ढिक्का भएको अवस्थामा राष्ट्रीय संकट समाधानको वाटो नलागी सरकारको गठन प्रकियामा लाग्नु मुलुकको लागी दुर्भाग्य हुन सक्छ । नेपालको पुरानो संगठन नेपाली कांग्रेसले पार्टी भीत्रकै आन्तरिक समस्या वनेको महाधिवेशन रोकेर संविधान प्रति शक्ती केन्द्रित गरेर त्याग देखाएको थियो,हिजो मुलुकमा शसस्त्ररत रही आतंक मच्चाईएको प्रचण्डकै संगठनलाई सरकारमा पुर्याउने काम गर्न सफल रहयो । इतिहास साक्षी छ कि तिम्रो र मेरो काम कसैले गर्न नसकेको भए पनी आवेग र विवेकतालाई सहि सदुपयोग गरेरै भएपनी कांग्रेसले नेपाली जनता अर्थात राष्ट्रीयताको लागी सराहनीय कार्य गरेका छन यसलाई सम्मान गर्नु नै पर्छ ।
सर्वहारावादी नेतृत्वकर्ताले अरवौको सम्पति सार्वजनिक गर्दा समाजवादी हालका प्रधानमंत्री गैह्व सर्वहारावादी नेताको तीन वटा मोवाईल मात्र सम्पत्ति रहेको कुरा सार्वजनिक हुनुले राष्ट्रीयता कहा र कसरी लुकेको छ सायद यो सोचनीय विषय हो । आज नेपाली जनता यो वा त्यो वहानामा झुल्ने अवसर हैन मुलुकमा भएको नाकावन्दीको उचित निकासको लागी जस्तोसुकै पहलको लागी तयार भएकै छन किनकी हिजोका आन्दोलन कुनै राजनितिक शक्तीको स्वार्थ पुरा गर्नको लागी थिए भने आज सिंगो राष्ट्रीय समस्याको समाधानको लागी हो ।
यदी यो समयलाई सहि नेतृत्व गरी भारतीय पक्षवाट भएको अघोषित नाकावन्दीको चपेटामा परेको मुलुकलाई निकास दिने पहल नगरेको खण्डमा नेपाली जनता कसैको आदेश विना भारतीय सिमामा प्रहार हुने प्रया:निश्चित नै भएको छ । आज मुलुक यो नाकावन्दीको समस्या देख्दा सच्चा राष्ट्रप्रेमी नेपाली गोर्खा पल्टनमा भारत-पाकिस्तान सिमामा रहेता पनी भारतीय हस्तक्षेपकारी षड्यन्त्रको चर्को विरोध मात्र हैन आज आफुले यो हतियार पाकिस्तान हैन भारतलाई नै तेर्साउन पछी नपर्ने खालका पत्र भारतीय प्रधान मन्त्री सम्म पुर्याउने आँट गरेका छन । आख़िर आफ्नो आँमा मृत्यु सैयामा रहदा अरुको आमाको सुरक्षा कसले पो गर्न सक्छ र यसैले त नेपाल नाकावन्दीको चपेटामा रहदा भारतीय गोर्खा सैनिकले सन १९४५ को सन्धिको पाना पल्टाउन थालेको छ । गोर्खा सम्झौता १२२ के भन्छ भने ” यो अवस्था हुदा यदी भारतले नेपाललाई गरिव नै भनेर हेप्न नै खोजेको भए भारतमा रहेको गोर्खा सैनिक फिर्ता गराई देश विदेशमा पसिना वेचेका सवै युवालाई तालिम दिएर सैनिक तयार गरौ र भारतमा खुडा,खुकुरी,तरवार सहित आधुनिक हतियार लिएर आजदेखी नै युद्ध सुरु गर्न तयार हुनु पर्छ । सायद यो विषमता परिस्थितिमा भारत सुधार भई अाउदैन र बिदेशले पनी यसरी नै मौनता देखाउदै गएमा तेस्रो विश्वयुद्धमा जान सक्ने वातावरण नेपालवाट नै हुने हैसियत देखाउनु रहर हैन वाध्यता हुन सक्छ । यो स्पष्ट छ कि नेपालीसँग आधुनिक हतियार नै नभए पनी युद्ध हार्ने छैन । नेपाल राष्ट्रको आफ्नै परिचय र छवि भएको हुदा केही मुट्ठीभरका शासकको स्वार्थको लागी भारतीय पक्षसँग झुकेर आफ्नो राष्ट्रीय स्वाधीनता र सार्वभौमसत्ताको विरुद्ध आसमान सन्धिमा सहमती जनाउनु राष्ट्रघाती हुने छ । आज जसरी आफ्ना माँग पुराउन तराईमा रहेका केही संगठनले भारतीय भूमि प्रयोग गरी गरिएको राष्ट्रघाती आन्दोलन तत्काल रोकिनु पर्छ । यदी यो आन्दोलनको स्वरुप परिवर्तन नगरी यसरी नै तराई केन्द्रित दल भारतमा वसेरै नाकावन्दीको षड्यंत्रकारी खेल खेलीन्छ भने यी सवै आन्दोलनका नायक र उपनायकको बस्ती नेपालमा कहिले टेक्न नपाउने गरी विस्थापन गर्नमा सरकारले कार्य गर्न सक्नुपर्छ हैन भने जनताले नै यो क़दम चाल्न वाध्य हुनै पर्छ तर हुन सक्छ यो व्यावस्था संविधानमा नहोला नभएर के भो र संसोधन विधेयकवाट संसोधन पनी त गर्न सकिन्छ ।
यो समयमा यदी तराई केन्द्रित दल भारतीय दलाल नभई सच्चा नेपाली नागरिक हुन र आफ्नो जायज माँग राष्ट्रीयता कै पक्षमा हो र नेपालकै हितमा काम गरेर नेपालमै रहने हो भने अहिले संचालित गरिएको भारतीय सिमामा बसेर दुश्मनको आडमा गरिएको आन्दोलनको स्वरुप परिवर्तन गरी काठमाण्डौमा केन्द्रित आन्दोलन गर्नु पर्छ निकास निश्चित छ । अहिलेको नेपाली नेतृत्वकर्ता र सरकारले यो दृण रुपमा संकल्प गर्न सक्नु पर्छ कि यदी निष्पक्ष र राष्ट्रियताको पक्षमा नेपालमा सदैव स्थापित हुनु छ भने तत्कालको लागी सरकार गठनका नौटंकी गर्नु पुर्व तपाईको मुल समस्या समाधान तर्फ ध्यान केन्द्रित गरी आन्दोलनरत संगठनको जायज माँग पुरा गराई राष्ट्रीय मुल धारमा सहभागी गराउनु अत्यावश्यक छ । आख़िर आ आफ्नो परिवार र स्थानको माँया लाग्नु सवैको अधिकार हो । आन्दोलनमा उत्तेजित रुपमा हिंसात्मक कार्य भएता पनी थारु र मधेशीको माँग पनी नाजायज़ पक्कै हैन यो समस्या समाधानको पाटो त्यती असहज र असम्भव पनी त होईन यसैले राष्ट्रका राजनितीक धारका नेतृत्व