अमेरिकाद्धारा अफगानिस्तानकोे कुन्दुज शहरस्थित एक अस्पतालमा भएको आक्रमण ठूलो गल्ती भएको स्विकार

अमेरिकाले अफगानिस्तानकोे कुन्दुज शहरस्थित एक अस्पतालमा भएको आक्रमण ठूलो गल्ती भएको स्विकार गरेको छ ।
अफगानिस्तानस्थित अन्तर्राष्ट्रिय सेनाका कमाण्डर जनरल जोन कैपबलले अमेरिकाले जानी-जानी आक्रमण नगरेको तर गम्भिर त्रुटी भएको स्विकार्दै यसबाट हुन गएको मानविय क्षतिप्रति क्षमा याचना गरेको छ ।
जोन कैपबलले यस घटनाबाट आफूहरुले पाठ सिकेको भन्दै अव आइन्दा त्यस्तो गल्ती नगर्ने बचन दिएका छन् ।
अफगानिस्तानको कुन्दुजस्थित डाक्टर्स बिदाउट बोर्डर्स अस्पतालमा भएको अमेरिकी हमलामा २२ जनाको ज्यान गएको थियो । (एजेन्सी)