बाबु रोका मगर
सर्वप्रथम राष्ट्रको कुरा गर्ने या त्यो राष्ट्रका जनताको ? यदि राष्ट्रको कुरा उठाउ भने जनताबिहिन राष्ट्रको के कुरा उठाउनु जनताको कुरा उठाउ भने राष्ट्रबिहिन जनताको के कुरा उठाउनु सबै अभावै अभाव मा पिल्सिएका नेपाल राष्ट्र र नेपाली जनताको भाग्य नै खोटो छ ।
कसैलाई राष्ट्र चाहिएन क्षेत्र चाहियो मधेसीलाई पहाडी चाहिएन पहाडीलाइ मधेसी चाहिएन घर भित्रको यो लडाई झगडाको फाइदा आदरणीय छिमेकी ले उठाउन पाउनु भएको छ । राजनीतिक उथल पुथल भइरहेकै बेला बैशाख १२ गतेको भूकम्पले दिएको थप पिडा संगै अहिलेको नाकाबन्दी सम्म पुग्दा नेपालीहरुमा एकता अनि देशभक्तिको भावना जन्मन सकेको छैन यो पनि देशको लागि अभाव नै हो | संबिधान नबन्दा सम्म संबिधान बनेन तेरी र मेरी चल्यो जब धर्मनिरपेक्ष को संबिधान बन्यो हिन्दु राष्ट्रको माग बढ्यो अब सरकार गठनको बेला सरकारमा नजाने अडान चलिरहेको छ अनि यसरि बन्छ त राष्ट्र?
साँच्चै भन्नु पर्दा नेपाल आमाले अझै कुशल नेता जन्माउन सकेकी छैनन् भन्न मिल्दैन किनकी नेपाल आमाले धेरै होनहार छोराछोरीहरु जन्माएकी छन् तर उनीहरुलाई सहि मार्गमा जान नदिने छिमेकीको दवावले नेपाल आमाले अभाव झेल्दै आएकी छन् | छिमेकी राष्ट्र भारतले पनि यो बुझ्न जरुरि छ नेपाल र भारत बिच रोटि र बेटीको सम्बन्ध मात्र होइन यहाँ माटो को सम्बन्ध पनि उतिकै छ नेपाल भारतको कुनै स्टेड होइन नेपाल अलग्गै स्वाभिमानी नेपाली हरुको राष्ट्र हो | त्यसैले भारतले नेपालको आन्तरिक मामिलामा कुनै हस्तक्षेप गर्नु सरासर गलत हो भन्ने कुरा सबैलाई अबगत भएकै हो |
हामीले छिमेकी बदल्न नसके पनि छिमेकीको मनमानी लाइ नकार्न सक्छौ | हुनत अरुको भरमा चल्नु भन्दा मर्नु नै बेस ठानिन्छ तर समयको परिवेस संगै चल्दा दुइ ढुंगा बिचको तरुल जस्तो नेपाल भारत माथि मात्र निर्भर नभई चिन बाट पनि सहयोग लिन सकिन्छ र त्यो मौका पनि यतिबेला नै हो | भारतले नाकाबन्द गरेर नेपाल र नेपालीहरुलाई एक पटक चिन संग पनि मैत्रीक सम्बन्ध बनाउने मौका दिएको छ केवल फरक यति हो नेपाली हरुले कसरि सम्बन्ध बलियो बनाउन सकिन्छ तरिका अपनाउने मात्र हो | विभिन्न मिडियाको हो हल्ला हल्लाइमा लागेर डल्ला फोर्नु हुदैन सत्य कुराको जरो सम्म पुगेर सकारात्मक निचोड लिनु पर्ने बेला आएको छ |
नेपाल र नेपालीहरुले भारत संगको राम्रो सम्बन्ध राख्दा राख्दै पनि भारतको दादागिरी,नाकाबन्दी र हिन्दु राष्ट्र बनाउनु पर्छ भन्ने दिएको दवावले विश्वका देशहरुलाई ध्यानाकर्षण गराएको छ | यसले नेपालीहरुलाई एउटा शिक्षा दिएको छ “कि गर कि मर” अबको समय अन्तिम समय हो अब पनि नेपाली राजनीतिक दलका नेता, जनता चुप लागेर बस्ने हो भने भोलिको दिनमा हाम्रो पहिचान मेटिने छ | कयौ पटक सिमा मिचिएको छ नागरिकताको भरमा देशको अलग राज्य मधेस माग्न लगाउने भारतको षडेयन्त्र हो | के यसको बदलामा भारतमा बसेका असि लाख नेपालीहरुलाई भारतले अलग राज्य दिन सक्ला? उदाहरणको लागि गोर्खाल्याण्ड नै काफी छ !
अहिलेको समयमा देशको समस्या आम नेपाली जनताहरुलाई राम्रो संग अबगत नै छ तर ति समस्याका समाधान के हो त ? यस बाट छुटकारा पाउन के गर्दा उपयुक्त होला? यस सम्बन्धि राजनीतिक पार्टी, नेपाली देशप्रेमी, देशभक्ति युवा र सरोकारवालाहरु संग छलफल र बहस गरि देश बिदेशमा रहेका आफ्नो मातृभूमि प्रति अथाह माया गर्ने युवाहरुलाई गोलबद्द गरि एक तत्र छरिएको शक्तिलाई एकै शुत्रमा बाँधेर देशको सर्वांगीण बिकासको लागि हातेमालो गर्दै र नेपालको उचित नियम कानुनको पालना गर्दै सम्पूर्ण युवाहरुलाई देशको रक्षा र सेवामा एकजुट हुन सरकारले सकारात्मक कदम चाल्नु पर्छ ।
स्मरण रहोस “नेपालले भारतप्रती अहिले सम्म गरेको उपकार भारतले नेपाललाइ कहिल्यै फिर्ता गर्न सक्नेछैन”!