घनश्याम पौडेल
सन्धिखर्क, अर्घाखाँची । वर्षै भरी हरिया र पहेला रङ्गका तरकारी र फलफुल उव्जाउ आफु खाउ र वच्चालाई पनि खुवाउ भन्ने उद्देश्यले घरायसी खाद्यान्य उत्पादन कार्यक्रम ग्रामिण नमुना कृषकका लागि क्षमता अभिवृद्धि तालिम अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न भएको छ ।
कार्यक्रम होटल सन्ध्यामा पोषण अधिकृत मिलन लोप्चनको अध्यक्षता र एभरेष्ट होटलमा लुम्विनी सामाजिक विकास केन्द्रका फिल्ड कोडिनेटर हेमन्त बस्नेतको अध्यथ्तामा सम्पन्न भएको हो । कार्यक्रममा गा्रमिण नमुना कृषकहरुले मनतव्य राख्दै आफुले सिकेका कुरालाई अरुलाई पनी लगेर सिकाउने कुरामा प्रतिवद्धता गनुभएको थियो ।
अर्घाखाँची जिल्लामा सुआहारा कार्यक्रम लुम्विनी सामाजिक विकास केन्द्रले सहजीकरण गरी रहेको छ ।