२० औ अण्डा दिवश अर्घाखाँचीमा सम्पन्न

घनश्याम पौडेल
सन्धिखर्क, अर्घाखाँची । विश्व अण्डा दिवशको अबसरमा अर्घाखाँची जिल्लामा विभिन्न कार्यक्रम गरि मनाईएको छ । अण्डा खाऔ, स्वस्थ बनौ भन्ने नाराका साथ आज अण्डा दिवश जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीमा मनाईएको हो । 
कार्यक्रममा हजार दिनका आमाहरुलाई अण्डाको महत्वको बारेमा बताईएको थियो । 
कार्यक्रम जिल्ला सुआहारा कार्यालय अर्घाखाँचीको आयोजनामा सम्पन्न भएको कार्यक्रममा जिल्ला पशु सेवा कार्यालयका पशु विकास अधिकृत लालन कर्णको अध्यक्षता, जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत योग प्रसाद खरेलको प्रमुुख अतिथ्यतामा सम्पन्न भएको हो । 
कार्यक्रम पोषण अधिकृत मिलन लोप्चनको स्वागत मन्तव्य र पशु विकास अधिकृत गुरु प्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको थियो । 
अर्घाखाँची जिल्लामा सुआहारा कार्यक्रम लुम्विनी सामाजिक विकास केन्द्रले सहजीकरण गरी रहेकोे छ ।

अन्य समाचारहरु