भारतको बिहार राज्यको विधान सभा निर्वाचनमा पहिलो चरणको मतदान भइरहेको छ।
पहिलो चरणमा सोमबार बिहारका १० जिल्लाका ४९ सिटका लागि मतदान भइरहेको हो। समस्तीपुर, बेगूसराय, खगड़िया, भागलपुर, बांका, मुंगेर, लखीसराय, शेख़पुरा, नवादा र जमुई जिल्लामा मतदान भइरहेको प्रान्तिय निर्वाचन आयोगले जनाएको छ।
४९ सिटका लागि ८५३ उमेद्वार प्रतिस्पर्धामा छन्।
बिहान ७ बजे सुरु भएको मतदान साँझ पाँच बजेसम्म जारी रहने भनिए पनि नक्सलवादी विद्रोहीको प्रभाव क्षेत्रमा तीन वा चारबजे नै मतदान बन्द गरिने छ । बिहान १० बजेसम्ममा करिब २० प्रतिशत मतदान भएको आयोगले जनाएको छ।
मतदान भइरहेका जिल्लामा सुरक्षा व्यवस्था कडा बनाइएको छ। हेलिकोप्टर र ड्रोन मार्फत निगरानी बढाइएको छ। एजेन्सी