सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची संपर्क समिती युएईले फुलपातीको अबसरमा सदरमुकाम सन्धिखर्कमा शुभकामना अदान प्रदान तथा परिचयत्मक कार्यक्रम आयोजना गर्ने भएको छ।
रोजगारी, ब्यवसाय, अध्ययन तथा बिबिध कारण बस जिल्ला बाहिर रहेका अर्घाखाँचीबासीहरु बडा दसैंको अबसरमा आफ्नो जिल्ला अर्घाखाँची आएको मौका मिलाई समितीले उक्त कार्यक्रम आयोजना गर्ने भएको हो ।
बिभिन्न सामाजिक सन्जाल मार्फत बोली चाली भएका जिल्ला मा कुना कुना बाट देश बिदेसको कुना सम्म पुगेका अर्घाखाँची बाशीहरु लाई प्रत्यक्ष रुपमा चिनजान गर्ने गराउने यो आयोजनाको मुख्य उदेश्य रहेको छ।
फुलपातीको सिन सन्धिखर्कमा रहेको होटेल क्याराभ्यानमा दिउसो ११ बजे देखी सो कार्यक्रम सन्चालन हुने अर्घाखाँची संपर्क समिती यु ए ई का सद्स्य दिपक शाहले जानकारी दिनु भएको छ। सो कार्यक्रममा शुभकामना अदान प्रदान मात्र नभई देश बिदेशमा रहेका युवा युवतीहरु लाई एक गराउदै कसरी एकता गर्न सकिन्छ भन्ने बिषयमा छलफल हुनेछ।
अर्घाखाँची संपर्क समिती युएईका धेरै पदाधिकारी लगायत साउदी अरब, कतार, ओमान, बहराईन, कोरिया आदी देशहरु बाट र अन्य जिल्लामा कार्यरत र ब्यबसायी, बिद्यार्थी हरु मेला पर्वको लागि अर्घाखाँची फर्किने भएको हुँदा यो कार्यक्रम लाई एक अर्का सहकार्य र जिल्लाको चौतर्फी बिकासको बारेमा समेत टेवा पुर्याउने विश्वाश गर्न सकिन्छ।
सम्पूर्ण जिल्ला फर्कनु भएका मित्र, मान्यजन, पत्रकार, संचारकर्मी, ब्यबसायी, समाजसेवी, राजनैतीक दलका मित्रहरुलाई सामाजिक सन्जालमा प्रचारप्रसार गरी कोही पनि नछुटने गरी आफुसँग संपर्कमा रहेका जिल्लामा पर्व मनाउन पाल्नु भएका अर्घाखाँची जिल्लाबासीहरुलाई लिएर सो कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनु हुन अध्यक्ष राजु खडकाले अनुरोध गरेका छन।
थप जानकारीको लागि तल दिइएको विवरण अनुसार संपर्क गर्न सकिने छ:
– दिपक शाह ९८०८१५९२३४
– भुवन के शि ९८४७२२९४०३
– ईश्वरी थापा ९८१३७३८७५२
– बिष्णु प्रशाद पन्थी ९८१८०८९६२६
– घनश्याम ज्ञवली ९८४३१२०३२३
– कर्ण थापा ९८१८८८७१३९
– कमल गौतम ९८४७३७६८८४
– सन्जय पाण्डे ९८६७७५९०८०
– युबराज पाण्डे ९८५११३९१८२