विश्व हात धुने दिवस अर्घाखाँचीमा मनाईंयो

घनश्याम पौडेल



सन्धिखर्क, अर्घाखाँची । आज विश्व आठौ हात धुने दिवस, स्वच्छताका लागि एकजुट होऔ भन्ने नाराका साथ अर्घाखाँचीमा पनि मनाईएको छ । 

 


तस्बिर: घनश्याम पौडेल, अर्घाखाँचीडट्कम

 

साबुन पानीले हात धोएमा, नियमीत स्वस्थकर चर्पीको प्रयोग गरेमा पैतिस प्रतिशतले रोगमा कमी आउने, झाडापखाला जन्य रोगमा पैचालिस प्रतिशत कमी आउने, श्वासप्रश्वास सम्बन्धी संक्रमणलाई २३ प्रतिशतले घटाउन सकिने जिल्ला सुआहारा कार्यक्रमका जिल्ला संयोजक दिवश ढकालले बताउनुुभएको थियो ।




तस्बिर: घनश्याम पौडेल, अर्घाखाँचीडट्कम

 

विश्वमा निमोनिया र झाडापखालाका कारण हरेक वर्ष ५ वर्षमुनिका १ करोड ९ लाख बालबालिकाको ज्यान जाने गरेको छ । साबुन पानीले मिचीमिची हात धोएमा नवजात शिशुको मृत्युदर उल्लेखनीय रुपमा घटाउन सकिने जिल्ला  विकास समितीका कार्यक्रम अधिकृत हरिसचन्द्र भुसालले बताउनुभएको थियो ।  केही वर्ष यता हात धुने दिवसलाई बालबालिका केन्द्रीत गरिएको छ । बालबालिकामा आएको चेतनाले समाज परिवर्तनमा महत्वपूर्ण काम गर्ने भएकाले उनीहरु लक्षित कार्यक्रम भएका हुन् ।

 


तस्बिर: घनश्याम पौडेल, अर्घाखाँचीडट्कम

 

सन् २००८ अक्टोबर १५ तारिख देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । शौचालय गएपछि तथा खाना खानु र खुवाउनु अघि साबुन पानीले मिचीमिची हात धोए गम्भीर रोग लाग्नबाट बच्न सकिन्छ ।

 



तस्बिर: घनश्याम पौडेल, अर्घाखाँचीडट्कम

 

कार्यक्रम जिल्ला  विकास समितीका कार्यक्रम अधिकृत हरिसचन्द्र भुसालको अध्यक्षता, जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत वलराम मिश्र्रको प्रमुख अतिथ्यता, महिला तथा बालवालिका कार्यालयका निमित्त महिला बिकास अधिकृत, वेलकुमारी परियारको बिशेष अतिथ्यता रहेको थियो ।

 



तस्बिर: घनश्याम पौडेल, अर्घाखाँचीडट्कम

 

कार्यक्रम लुम्विनी सामाजिक विकास केन्द्रका फिल्ड कोडिनेटर हेमन्त वस्नेतको स्वागत मन्तव्य र जिल्ला सुआहारा कार्यालयका सरसफार्य अधिकृत सृजना पन्थीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा  लुम्विनी सामाजिक विकास केन्द्रका फिल्ड सुपरभाईजरहरु, ग्रामिण नमुना कृषकहरुको समेत उपस्थिती रहेको थियो ।  अर्घाखाँची जिल्लामा सुआहारा कार्यक्रम लुम्विनी सामाजिक विकास केन्द्रले सहजीकरण गरी रहेको छ ।

अन्य समाचारहरु