साउदी अरबको पूर्वी साइयात प्रान्तमा शियाहरु भेलामा अन्धाधुन्ध आक्रमण गर्दा पांच जनाको मृत्यु

साउदी अरबको पूर्वी साइयात प्रान्तमा शियाहरु भेला भैरहेको हलमा एक जना बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गर्दा पांच जनाको मृत्यु भएको छ ।
आक्रमणमा नौं जना घाईते भएका छन् । प्रहरी कारवाहीमा आक्रमणकारी मारिएको साउदीको आन्तरिक मन्त्रालयले जनाएको छ । शिया मुश्लिमहरुको पवित्र अशुरा उत्सव सुरु हुन दुइ दिन अघि यो आक्रमण भएको हो ।
इस्लामिक अतिवादी समुह आइएसले आक्रमणको जिम्मेवारी लिएको छ । साउदी अरबमा अल्पसंख्यक शिया मुश्लिमहरु आक्रमणको निशानामा पर्दै आएका छन् । (एजेन्सी)