भारतको मुम्बईस्थित एक रेस्टुरेन्टमा ग्यास सिलिन्डर पड्कँदा कम्तिमा आठजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सातजना विद्यार्थी छन् ।
ग्राहकहरुको भीडभाड रहेको समयमा विस्फोट भएको थियो । रेस्टुरेन्ट रहेको भवनमा आगलागी भएपछि उक्त विस्फोट भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
ग्यास सिलिन्डर पड्कँदा आगलागी भएको बताइए पनि बिजुलीको तार सर्ट भएर पनि आगलागी भएको हुनसक्ने भन्दै अनुसन्धान सुरु गरिएको स्थानीय प्रशासनले जनाएको छ । (एजेन्सी)