अर्घाखाँचीमा गाविस स्तरीय एवाइसी तिलक स्मृति रनिंगशिल्ड भलिबल प्रतियोगिता हुने

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची  । अर्घाखाँचीको सन्धिखर्कमा गाविसस्तरीय एवाइसी ( Arghakhanchi Youth Council – AYC) तिलक स्मृति रनिंगशिल्ड भलिबल प्रतियोगिता हुने भएको छ । 
 


 


सन्धिखर्कको चुत्राबेसीमा रहेको युबाहरुको समुह अर्घाखाँची युबा परिसदले आज सन्धिखर्कमा पत्रकार सम्मेलनको आयोजना गरि  कात्तिक १२ गते देखि भलिबल प्रतीयोगीता सञ्चालन गर्ने जानकारी दिएको  हो । 
भलिबल खेलमा लगातार तीन पटक बिजय हुने टिमलाई रनिंगशिल्ड र नगद एकलाख प्राप्त गर्नेछ । भने अहिलेको प्रतीयोगीतामा प्रथम द्धितीय र तृतीय हुने समुहलाई  तीस हजार , बीस हजार र दस हजार नगदको साथमा   शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने अर्घाखाँची युबा परिसदका सदस्य तथा भलिबल खेलका संयोजक केसब घिमिरेले बताए । 
 


 


भलिबल खेल सञ्चालनकालागि परिसदका आजीबन सदस्य तथा सन्धिखर्कका नरेस रायमाझिले प्रत्येक बर्ष एक लाख र चुरामणी अर्याले प्रत्येक बर्ष ५० हजारका दरले आर्थिक सहयोग उपलब्ध गराउने प्रतीबद्धता ब्यक्त गरेको  परिसदका सदस्य प्रकास भुसालले बताए । 
कार्यक्रममा अर्घाखाँची युबा परिसदका अध्यक्ष कृष्ण प्रसाद भुसाल, महासचिब धर्मराज भुसाल, कोषाध्यक्ष रुद्र श्रेष्ठ, सदस्य प्रकास भुसाल, केसब घिमिरे, प्रकास बन्जाडे, तुल्सी भुसाल, कृष्ण खनाल लगायतको उपस्थिति रहेको थियो । 
 


 


पत्रकार सम्मेलन परिसदका अध्यक्ष कृष्ण प्रसाद भुसालको अध्यक्षता, र महासचिब धर्मराज भुसालको सञ्चालनमा सम्पन्न भएको हो । 
 
तस्बिर: प्रेम नारायण आचार्य, सुर्य भुसाल/ अर्घाखाँची युबा परिसदबाट ।  

अन्य समाचारहरु