अर्घाखाँचीबासी टोपबहादुर रायमाझी उपप्रधानमन्त्री तथा उर्जामन्त्री (रायमाझीको बारेमा)

काठमाडौं / अर्घाखाँची ।  नेपाल कम्युनिस्ट पार्टी एकीकृत माओवादीबाट सचिव  टोपबहादुर रायमाझीले उपप्रधानसहित ऊर्जामन्त्रीमा सपथ लिएका छन् ।

 


 

मन्त्रिपरिषदमा एमाओवादीका ७, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र बहुजन शक्ति पार्टीबाट एक-एक थपिएका छन् । 



यसैगरी गृहमन्त्रीमा शक्ति बस्नेत, शिक्षा मन्त्रीमा गिरिराजमणि पोखरेल, वन मन्त्रीमा अग्नि सापकोटा, सिँचाइ मन्त्रीमा उमेश यादव र सामान्य प्रशासन मन्त्रीमा रेखा शर्मा र वाणिज्य तथा आपूर्ति मन्त्रीमा गणेशमान पुनले सपथ लिए । प्रधानमन्त्रीले दुई बिनाविभागीय मन्त्री पनि थपेका छन् ।

 



 

फोरम लोकतान्त्रिकका रामजनम चौधरी र बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवानले बिना विभागीय मन्त्रीको सपथ लिए ।



प्रधानमन्त्रीको उपस्थितिमा शीतल निवासमा राष्ट्रपति रामवरण यादवले नवनियुक्त मन्त्रीलाई सपथ खुवाएका हुन् ।

 


 

अर्घाखाँचीबासी टोपबहादुर रायमाझीलाई अर्घाखाँचीडट्कमले आइतबार राष्ट्रपति डा.रामवरण यादवसँग सपथ लिए लगतै फोन संपर्क गर्ने प्रयास गरेता पनि संपर्क हुन सकेन ।

 



 

टोपबहादुर रायमाझीको बारेमा

 

संविधानसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट अर्घाखाँची क्षेत्र नं. १ बाट  एकीकृत नेपाल कम्युनिस्ट पार्टी -माओवादी)को तर्फबाट सभासद् चुनिएका टोपबहादुर रायमाझी  माओवादी सचिव हुन। उपप्रधानसहित ऊर्जामन्त्रीको सपथ लिएका टोपबहादुर रायमाझी यसअघि झलनाथ खनाल नेतृत्वको सरकार (२०६७ माघ) मा  भौतिक योजना तथा निर्माण मन्त्री थिए। यस्तै डा. बाबुराम भट्टराई नेतृत्वको सरकार (२०६८ भदौ १२) मा रायमाझी स्थानीय विकास मन्त्री थिए। २०६९ मा सरकार पुनर्गठन भएपछि रायमाझीलाई शान्ति तथा पुनर्निर्माण मन्त्रीको जिम्मेवारी दिइएको थियो। 

 

दुई वर्ष जेल र पाँच वर्ष निर्वासनमा कटाएका रायमाझी २०३० सालदेखि राजनीतिमा लागेका हुन् । रायमाझी ०४६ मा छैठौंको अध्यक्ष, वाइसीएलको संस्थापक संयोजकसमेत भएका थिए ।  ०४७ मा बाबुराम भट्टराईसहित पार्टी एकता गर्दा उनी पनि आएका थिए। उनी ०५४ माओवादीको पोलिटब्युरो सदस्य भएका थिए । उनी प्रवासमा दुई चोटि इन्चार्ज भए भने संकटकालमा पश्चिमाञ्चल इन्चार्ज भएका थिए ।

 

विरोधीका आँखामा पनि नबिझाउने मृदु भाषी र राजनीतिमै जीवनका याम गुजारेकाले आफूलाई जिताएको बताउने रायमाझीका राज्यको पुनर्संरचनाको बारेमा माओवादीले अघि सारेका एजेण्डा नै आफूले संविधानमा सुनिश्चित गर्ने एजेण्डा हुन्। बीएस्सीसम्मको औपचारिक शिक्षा लिनुभएका अनिल तेकान्डोका ब्ल्याक बेल्ट पनि हुन। उनी २०४५ सालदेखि २०६३ सालसम्म भूमिगत थिए।

 

अर्घाखाँचीको अर्घा-२ खाँडामा ०१८ सालमा जन्मिएका रायमाझी २०४८ मा पनि संयुक्त जनमोर्चाको तर्फबाट प्रत्यासी भएका थिए । उनका परिवारका सदस्य पनि माओवादीका पूर्णकालीन हुन। उनले भारत, चीन, जापान, कोरिया, थाइल्याण्ड, अमेरिका र लाइबेरीयाको भ्रमण गरेका छन्। उनकी पत्नी योगमाया रायमाझी पनि एमाओवादीको राजनीतिमा संलग्न छिन् ।

 


 










सम्बन्धित समाचार:

 





अन्य समाचारहरु