राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले एचआइभी एड्स संक्रमितहरुमा औषधीको प्रभावकारिता नदेखिएको बताएको छ।
केन्द्रले सोमबार काठमाडौमा पत्रकारहरुका लागि गरिएको अभिमुखीकरण कार्यक्रममा औषधी प्रयोगकर्तामध्ये १० प्रतिशतमा मात्र एचआइभी एड्सको भाइरल घटेको बताएको हो।
केन्द्रका अनुसार नेपालमा हाल एचआइभी एड्स संक्रमितहरुको संख्या करिब ३९ हजार छ। २५ हजार ४ सय २१ जना त एड्स रोगी भएको प्रयोगशाला परीक्षणबाट नै प्रमाणित भइसकेको छ। प्रमाणित रोगीमध्ये १० हजार ४ सय ७ जनाले औषधी सेवन गरिरहेको र ती मध्ये १ हजार ४ जनामा एचआइभीको भाइरल घटेको केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भु काफ्लेले बताए।
केन्द्रले विभिन्न दातृ निकायको सहयोगमा विभिन्न जिल्लाका ६१ स्थानबाट एचआइभी संक्रमितहरुलाई औषधी वितरण गर्दै आएको छ। सेतोपाटीमा समाचार छ ।