एमाले अर्घाखाँचीको बिजया दशमी – शुभ दिपावलीको अबसरमा सन्धिखर्कमा शुभकामना आदान-प्रदान

गोपाल प्रसाद भट्टराई



सन्धिखर्क, अर्घाखाँची । ६ दशक लामो नेपाली जनताको संघर्ष र बलिदानबाट नेपाली जनताहरुले  आफ्नो स्ंविधान बनाउन सफल भएको भन्दै सांसद डा.दुमन सिंह थापाले नेपाली जनताहरुलाई बधाई ज्ञापन गर्नुभएको छ ।

 



 

ने.क.पा.एमाले अर्घाखाँचीले बिजया दशमी, शुभ दिपावली तथा छठ पर्व २०७२ को अबसरमा सन्धिखर्कमा आयोजना गरेको शुभकामना आदान-प्रदान एवम् चियापान कार्यक्रममा प्रमुख अतिथीको रुपमा संबोधन गर्दै सांसद थापाले छिमेकी मुलुक भारतले तराइलाई मात्र नेपाल चिन्ने गरेकोले नेपाली जनताप्रति सत्रुताको व्यबहार गरेको बताउदै भारतबाट पाठ सिकेर नेपाली जनताले आत्मनिर्भताको बाटो रोज्नुपर्ने बताउनुभएको छ ।



कार्यक्रममा  शुभकामना मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नेपालमाथी भारतले लगाएको नाकाबन्दीले दैनिक उपभोग्य सामाग्री आपुर्तिमा असहज भएपनी नेपालीहरुको एकतालाई बलियो बनाउने बताउनु भएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले बिजया दशमी,शुभ दिपावली तथा छठ पर्व २०७२ को अबसरमा सम्पूर्ण जिल्लावासीहरुलाई शुभकामना दिदै चाडपर्वको समयमा सामाजिक रुपमा अवान्छित गतिविधि नगर्न र खानपानमा बिशेष ध्यान दिन आग्रह गर्नुभएको छ । पौडेलले भारतले लगाएको नाकाबन्दीको असर जिल्लामा पेट्रोलियम पदार्थको आपुर्तिमा  परेपनि अन्य उपभोग्य सामाग्रीको  अभाव  जिल्लामा नहुने बताउनु भएको छ । 



कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाली कांग्रेसका जिल्ला सचिव बासुदेव आचार्यले नेपालमा बिभिन्न कालखण्डमा भएका परिबर्तनमा नेपाली कांग्रेसको निर्णायक भुमिका रहदै आएकाले नयाँ संविधान सँगै बनेको ओली नेतृत्वको सरकारलाई पनि नेपाली कांग्रेसको पूर्ण रुपमा सहयोग रहने बताउनुभएको छ । ए माओवादीका जिल्ला सचिब ठाकुर कुमार वि.क.ले आफुलाई सबैभन्दा राष्ट्रवादी बताउनेहरुनै राष्ट्रघाती भएकाले अहिलेको संविधान स्विकार गर्न नसकेको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर के.सी.ले भारतले नेपालमाथी लगाइरहेको अघोषित नाकाबन्दी १९५० लगायतका राष्ट्रघाती सन्धिको उपज भएको भन्दै राष्ट्रिय स्वाभिमानको पक्षमा सम्पूर्ण नेपालीहरु एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।



कार्यक्रममा राप्रपाका जिल्ला उपाध्यक्ष बसिर मिया,ने.क.पा.माओवादीका जिल्ला सचिवालय सदस्य योगेन्द्र चौहान ,राष्ट्रिय जनमुक्तिका इन्द्र बहादुर गेलेङ्ग निमित्त स्थानिय विकास अधिकारी नेत्र प्रसाद खनाल,अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ र पाणिनि बहुमुखी क्याम्पस प्रमुख ज्ञान बहादुर क्षेत्रीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

अन्य समाचारहरु