ओझेलमा अर्घाखाँची मैदानको झुमादेवी ऐतिहासिक मन्दिर, नियमन निकाय मौन रहेको स्थानीयवाँसीको गुनासो

डिल्लीराज घिमिरे 
मैदान, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मैदान ०७ काफलवुटाको टुप्पोमा रहेको झुमादेवी मन्दिर विक्रम सम्वत २००६ सालमा वनेको यस मन्दिरका पुजारी वताउछन । 
पछिल्लो समयमा लेखनाथ गैरेको अध्यक्षता वनेको कार्य समितीको पहलमा स्थानिय श्रमदान र आर्थिक सहयोगमा हाल सामान्य मरम्मत सम्भार भएता पनी यस तर्फ पर्यटन तथा संस्कृति मन्त्रालयको मातहतवाट छुट्टाईएको कुनै सहयोग नरहेको स्थानिय संचारकर्मी दिनेश गैरेले अर्घाखाँची डटकमलाई वताएका छन । मैदानको गावीसको मध्य विन्दु र धाँतिवांग पटौटीको संगम स्थालमा रहेको यो मन्दिर समुद्र सतहवाट दुई हज़ार मीटर भन्दा माथी रहेको हुदा सधै चिसो हावापानी रहन्छ । यस मन्दिरको तल्ला भागमा नेटाका पोखरा वजार रहेको छ ।
यो मन्दिर स्थलवाट अर्घाखाँचीको अडगुरी,धाँतिवांग,पटौटी,पाली,पोखराथोक,पणेना,खिदिम,चिदीका,सन्धिखर्क नगरपालिका,वलकोट,केरुंगा,छत्रगंज,अर्घातोसलगायतका धेरै गावीसको प्रतक्ष्य अवलोकन गर्न सकिन्छ भने उत्तरी छिमेकी जिल्ला ग़ुल्मी पुर्वी छिमेकी जिल्ला पाल्पा हुदै उच्च हिमाली श्रींखला समेत अवलोकन गर्न सकिने हुदा यो स्थानको धार्मिक र पर्यटकिय महत्व रहेको छ । 
यस मन्दिरमा २००६ देखी आज सम्म विजया दशैको हुने ऐतिहासिक सराय नाचले निरंतरता पाईरहेको पाईन्छ । परापुर्वकालमा यस मन्दिरमा छिमेकी धेरै गावीसवाट ठुलो संख्यामा दर्सालु आउने गरेको भएता पनी पछिल्लो समयमा यस मन्दिरको शाखा विस्तार भएको हुदा वर्षेनी यस मन्दिर ओझेलमा परेको मन्दिर व्यावस्थापन समिती अध्यक्ष लेखनाथ गैरेको गुनासो रहेको छ । 
विज्ञान र प्रविधीसंगै आएको आधुनिकतामा भन्दा परम्परा वचाउ अभियानमा लागेको काफलवुटाको युवाहरु समाजमा एकरूपता क़ायम गर्दै मन्दिरको संस्कृति जोगाउदै प्रत्येक पन्ध्र दिनमा घर घरमा भजन किर्तन गर्नको लागी आवस्यक परम्परागत वाद्यवाजनका सामांग्री जुटाउने काम गर्दै आएको र यही कार्तिक १३ गते अखण्ड किर्तन मन्दिरमा आयोजना गरेको हुदा सम्पुर्ण दर्सालुलाई आह्वान गरिएको काफलवुटा निवासी युवा दिपक घिमिरेले जनाए ।

अन्य समाचारहरु